देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सञ्चय कोषविरुद्ध काठमाडौं मलका व्यापारी आन्दोलित

देशान्तर

काठमाडौं । काठमाडौं मलमा व्यापार गर्दै आएका व्यापारी आन्दोलित भएका छन् । सञ्चय कोषले तीन महिनादेखि त्यहाँ व्यापार गर्दै आएका व्यवसायीसँग सम्झौता नगरी हटाउन खोजेको भन्दै शुक्रबार सञ्चय कोष ललितपुरमा रहेको भवनमा घेराउ गरे ।

काठमाडौं मल व्यापार सङ्घका अध्यक्ष सुष्मा महराको नेतृत्वमा आन्दोलित व्यापारीले ‘व्यापारीलाई गरी खान दे, चोर ठेकदार चाहिँदैन, वैधानिक भाडादर कायम गर, घुस खान पाइँदैन’ लगायत नारा लगाएका छन् ।

कोषले काठमाडौं मललाई खाली गर्न सूचना निकालेपछि व्यवसायी आन्दोलित छन् । काठमाडौं मलमा व्यापार गर्दै आएका तीन सय व्यापारी र चार हजारको रोजगारी खोस्ने प्रयास गरेको व्यापारीको आरोप छ । विगतमा तिर्दै आएको भाडा तिर्न आफू तयार रहेको उनीहरुले बताए । बिचौलियालाई रोकेर व्यवसाय गर्दै आएका व्यापारीसँग सञ्चय कोषले सीधै सम्झौता गर्नुपर्ने काठमाडौं मलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका चन्दन साहले बताए ।

मल व्यापार सङ्घले त्यहाँको समस्या समाधानमा पहल गरिदिन आग्रह गर्दै यसअघि सभामुख कृष्णबहादुर महरालाई पनि ध्यानाकर्षणपत्र बुझाएको थियो । मलमा व्यवसाय गर्दै आएका व्यापारीले अहिलेसम्म सञ्चय कोषलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भाडा दिएको दाबी गरे ।

सञ्चय कोषले स्पष्ट नीति नलिँदा आफू अन्योलमा परेको व्यवसायीको गुनासो छ । सञ्चय कोष आफैले व्यवस्थापन समाल्न थालेपछि ठाउँ खाली गर्न सूचना निकालेर गैरजिम्मेवारी प्रस्तुत गरेको आरोप लगाए । व्यवसायीले भाडादर कायम गरेर सम्झौता गर्नुपर्ने, मलमा भएका विद्युतीय भ¥याङ तथा अन्य उपकरण मर्मत गर्नुपर्ने, भवनको मर्मत, रङरोगन, सरसफाइ गर्नुपर्ने, वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग राखेका छन् ।