देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

देशान्तर

काठमाडौं । एनआईसी एशिया बैंकले सप्तकोशी नगरपालिका वडा नं १, सप्तरी स्थित फत्तेपुरमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले गरे । सो नयाँ शाखाको उद्घाटन समारोहमा नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

हालसम्म बैंकले मुलुकभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ भने बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।