देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकको १२ प्रतिशत बोनस शेयर सहित ३४ प्रतिशत लाभांश पारित

देशान्तर

काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीलाई २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैंकको ३४ औं साधारण सभाले गत आर्थिक वर्षको नाफबाट आफ्ना सेयरधनीलाई नगद लाभांश र बोनस शेयर दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ९८ करोड रुपैयाँ मुनाफा कमाएको जनाएको छ । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रति सेयर आम्दानी ५०.२५ रुपैयाँ गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब रुपैयाँ र्पुयाएको बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्धि भएको छ ।