देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलवर्नमा ‘मःम फेष्ट- २०१९’ आयोजना हुने

देशान्तर

मेलवर्न (अस्ट्रेलिया) । फेष्टिभलको माध्यमबाट नेपाली मःमको स्वाद चखाउन सोलाङ्चरले मेलवर्नमा यसवर्ष पनि ‘मःम फेष्ट’को आयोजना गर्ने भएको छ । ‘मःम फेष्ट २०१९’ नामाकरण गरिएको यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय अष्ट्रेलियनहरुलाई बढीभन्दा बढी सहभागी बनाई नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने रहेको सोलाङ्चरका क्रियटिभ डाइरेक्टर राजु शाक्यले जानकारी दिए ।

मेलवर्नको नर्थ कोवर्गस्थित चाल्र्स स्ट्रिटमा रहेको कोवर्ग भेलोड्रोम (30 charles st. coburg north)मा कार्यक्रमको आयोजना हुनेछ ।

यसपटकको मःम फेष्टमा तीसभन्दा बढी मःमका परिकारको स्वाद चाख्न पाईने र फेष्टिभलमा १५ वटा मःम स्टलहरु रहने तथा लाईभ म्यूजिक, मल्टिकल्चरल प्रस्तुति, बालबालीकाका लागि मनोरंजन, मःम खाने कम्पिटिसन आदि जस्ता कार्यक्रमले मःम फिष्टको रौनकतालाई बढावा दिने शाक्यले बताए । १७ मार्च आईतबार दिउसो १२ बजेबाट बेलुकी १० बजेसम्म कार्यक्रम आयोजना हुने जनाइएको छ ।

सोलाङ्चरको आयोजनामा ‘मःम फेष्ट’ वार्षिक रुपमा २०१७ बाट शुरुवात भएको हो । कार्यक्रमको आयोजनाको पहिलो वर्ष नै १५ हजार बढी मानिसहरुको कार्यक्रममा सहभागिता भएको थियो भने गएको वर्ष यो संख्या बढेर २० हजार बढी पुगेको शाक्यले जानकारी दिए ।

‘स्थानीयहरूको सहभागिताले उत्साहित हामी यसवर्ष ३० हजार बढिको सहभागिता बनाउने प्रयासमा जुटेका छौं’, शाक्यले भने, ‘जसमा हालसम्म ८ हजार बढिले प्रत्यक्ष रजिष्ट्रेसन गरिसकेका छन् भने १५ हजार बढिले सोसल मिडिया फेसबुक मार्फत सहभागिता हुने प्रतिवद्घता जाहेर गरेका छन् ।’

गत वर्षहरूमा जस्तै यसपटक पनि रजिष्ट्रेसन गर्नेहरुमा विदेशीहरुको संख्या नै अगाडी रहेको उनले बताए । ‘यसकारण पनि नेपाल चिनाउने र पर्यटकका लागि आकर्षण गन्तव्य नेपाल हो भन्ने विदेशीहरुलाई जानकारी दिन हामी सफल हुनेमा विश्वस्त छौं’, उनले भने ।

कार्यक्रममा निशुल्क प्रबेश राखिएको छ । सहभागिताका लागि रजिष्ट्रेसन गर्न सकिने छ । जसका लागि www.momofest.com गएर रजिष्ट्रेसन गर्न र कार्यक्रम बारेमा विस्तृत जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ ।

स्थानीय तथा नेपाली संघसंस्थाको समेत सहभागितामा हुने यस कार्यक्रममा नेपाल तथा अन्तराष्ट्रिय स्तरका सांगेतिक प्रस्तुतिहरु पनि रहने शाक्यले बताए । कार्यक्रममा आईजल्याण्ड रुट्स, दि कजुज, रिदम युनाईट्स, पार्टी गल्र्स, इण्डिजियस हिप हप, ब्राजिलियन साम्भा डान्स प्रस्तुति विशेष रहने र चर्चित युवा गायक ‘विपुल क्षेत्री एण्ड द ट्राभलिङ व्याण्ड’को विशेष प्रस्तुति पनि रहने शाक्यले जानकारी दिए ।

कार्यक्रममा बालबालीकाहरुका लागि ‘दि कजुज’ र बम्बल बि एण्ड अप्टिमस प्राईमले मनोरञ्जन गराउनु साथै फेस पेन्टिङको पनि व्यवस्था गरिएको छ । कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाउन मःम खाने कम्पिटिसन पनि राखिएको जसमा विजेताले पुरस्कार पाउने शाक्यले बताए ।

मुख्य प्रायोजक मेलवर्न ईष्टिच्युट अफ टेक्नोलोजी रहेको यस कार्यक्रमलाई बायर्स च्वाइस, जापाराज लयर्स, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज प्रायोजकका रुपमा रहेका छन । त्यसैगरी सहप्रायोजकहरुमा नेपकम्स, मल्टि डायनामिक, ग्रेस इन्टरनेशनल, नोबल क्यारियर गुरुज, बुद्ध ट्राभल एण्ड टुर्स, भिसा डिरेक्ट, स्पेक्ट्रम ट्युसन, अजि र मिनटम्यान प्रेस रहेका छन् ।

‘नेपालीहरुद्धारा आयोजित यस कार्यक्रम मःम फेष्ट साउथ एसियाली मुलुकभन्दा बाहिर हुने मःम फेष्टिभलहरुमा सबैभन्दा उत्कृष्ट र वृहद कार्यक्रम हो भन्नेमा हामी दावी गर्दछौं । साथै स्थानीय स्तरमा पनि नेपाली समुदाय बाहिरबाट स्थानीयहरुले अत्याधिक रुचाईएको कार्यक्रम हो भन्ने अघिल्ला कार्यक्रमहरुबाट नै प्रमाणित भईसकेको छ ।

विदेशी भुमिमा नेपाल चिनाउने हाम्रो प्रयासलाई यसपटक पनि सबैको साथ र सहयोग रहनेछ भन्नेमा हामी विश्वस्त रहेका छौं’, शाक्यले भने ।

सोलाङचर अस्ट्रेलियामा सक्रिय त्यस्तो संस्था हो जसले नेपाली चलचित्र अन्य चलचित्र सरह हलमा व्यवसायीक प्रदर्शन गराउने अभियानदेखी महयात्रा, नेपथ्य, सांगितिक हातेमालो, डवली जस्ता उत्कृष्ट मनोरञ्जनात्मक कायक्रम गरी आफुलाई स्थापित गराएको छ ।