देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेइएको निर्वाचनः सातै प्रदेशमा लोकतन्त्रवादी इन्जिनियरहरुको पक्षमा माहोल

देशान्तर

काठमाडौं। इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइएमा) ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ ।

मंसिर २८ गते हुने नेइएको ३२औं केन्द्रीय कार्यकारीणी र प्रदेश कार्यकारिणी समिति निर्वाचनका लागि लोकतान्त्रिक समुहका अध्यक्ष इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधान ७ वटै प्रदेशमा पुग्दा उनी नेतृत्वको लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको हो ।

लोकतान्त्रिक प्यानलले निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ । प्रचार प्रसारकै क्रममा गण्डकी प्रदेशमा रहेका नेइएका पूर्व अध्यक्ष सरोज देवकोटाले देशैभर लोकतान्त्रिक समुहका पक्षमा उत्साहजनक सहभागिता र समर्थन देखिएको बताए ।

नेपाल इन्जिनियरिङ एसोसियसनमा अहिलेसम्म भएका ३१ वटा कार्यकारिणी समितिमध्ये २९ वटा कार्यकारिणी समितिको नेतृत्व लोकतान्त्रिक समितिले गरिसकेको छ ।

“नेइएको स्थापनादेखि यसको सांगठनिक विकास, इन्जिनियरहरुको हकअधिकार र देशकै लोकतान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका नेइएले खेल्दै आएको छ,” ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन०’का उपाध्यक्ष इन्जिनियर लक्ष्मण केसीले भने, “हामीले नेइए सम्हाल्दा गरेको सुनौलो इतिहास, वर्तमानमा गरिरहेको संघर्ष र भविष्यको प्रष्ट खाका समेत लिएर हामी सबै प्रदेशमा इन्जिनियरहरुकोबिचमा पुगेका छौं ।

यसपटक पनि लोकतान्त्रिक समुहले नै नेइएको निर्वाचन जित्नेमा विश्वस्त छौं ।” उनले आफ्नो समुहको जितको आधार इन्जिनियरहरुको बलियो विश्वासनै भएको बताए ।

लोकतान्त्रिक प्यालनको ७ प्रदेश

नेइएको कार्यकारिणी निर्वाचन पहिलोपटक संघीय संरचनामा हुँदैछ । संघीय संरचना अनुसार नेइएको विधान संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ ।

सो ल्याउनका लागि लोकतान्त्रिक समुहको महत्वपूर्ण योगदान र अग्रसरता रहेको नेइएका वर्तमान अध्यक्ष हरेराम श्रेष्ठले बताए । आफैले बनाएको संघीय संरचनाको विधानअनुसार प्रादेशिक तहमा हुन लागेको निर्वाचनमा लोकतान्त्रिक समुह स्वभाविक रुपमा बलियो देखिएको छ ।

प्रदेश १ मा मा ई। यशवन्त विक्रम शाह, प्रदेश २ मा ई मनोज कुमार दास, प्रदेश ३ मा ई। सुवास चन्द्र बराल, गण्डकी प्रदेशमा ई राजेश भट्टराई, प्रदेश ५ मा ई कुसुमराज ज्ञवाली, कर्णाली प्रदेशमा ई हरी केसी र सुदूरपश्चिम प्रदेशमा ई लवप्रसाद जोशी सभापति रहेको लोकतान्त्रिक प्यानल चुनावी मैदानमा होमिएको छ ।