देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँको कालोपुलमा गोली हानाहान: “खु‌ंखार डाका” राजन लिम्बु घाइते

देशान्तर

काठमाडौं– काठमाडौँको कालोपुलमा गोली हानाहान भएको छ । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बु घाइते भएका छन् । लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

घटनामा प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ । उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार लिम्बु खुँखार डाका हुन् । यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजायसमेत भोगिसको छन् । उनी यसअघि बैंकमा गएर पेस्तोल देखाउदै लुटपाट गर्ने गरेको नाइके समेत भएको प्रहरीले जनाएको छ ।