देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अव महिला कर्मचारीलाई ९८ दिन प्रसुति बिदा

देशान्तर

काठमाडौं । विद्यालयमा कार्यरत महिला कर्मचारीले पनि तलब सहित कम्तीमा ९८ दिन प्रसुति बिदा पाउने भएका छन् ।

महिला कर्मचारीलाई सुत्केरी हुनुअघि र पछि गरी तलब सहित कम्तीमा ९८ दिन बिदा दिन शिक्षा तथा मानव विकास स्रोत केन्द्रले आफ्ना मातहतका निकायलाई परिपत्र गरेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको दफा १३ को उपदफा १ मा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिने व्यवस्था अनुसार बिदा दिन निर्देशन दिइएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।