देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फोक्सोको क्यान्सर यसरी पनि हुन्छ

देशान्तर

काठमाडौं ।  फोक्सोको क्यान्सर एक गम्भीर समस्या हो । विशेषगरी धुमपान तथा मद्यपान गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ । यसका पछाडि विभिन्न कारणहरु हुन सक्छन् । तिमध्ये केही कारण यस्ता छन ।

–जुन ठाँउमा कोइला, आर्से्निक तथा पत्रिका छपाईको काम हुन्छ, ती ठाउँका कर्मचारीलाई फोक्सोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।

– फोक्सोको फाइब्रोसिसको समस्या भएका मानिसलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

–घरपरिवारमा यदी कसैलाई फोक्सोको क्यान्सर भएको छ, भने ती आमाबाबुबाट जन्मने शिशुलाई पनि फोक्सोको क्यान्सर हुनसक्छ ।

– घर निर्माणका लागि प्रयोग हुने सिमेन्टलगायतका सामाग्रीमा ‘एस्बेस्टोस फाइबर’ नामक तत्व हुन्छ । यो स्वासको माध्यमबाट हाम्रो फोक्सोमा जान्छ र कालान्तरमा त्यो नै फोक्सोको कारण भैदिन्छ ।

– वायु प्रदुषण धेरै भएको ठाउँमा धेरै समय विताउने मानिसलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।