देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी खानेकुरा खानुपर्छ कब्जियत भएकाले

देशान्तर

काठमाडौं,       धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् । तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ ।कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । त्यसैले शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ । हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ ।

हरियो साजसब्जी
हरियो साजसब्जीमा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ । यसको नियमित सेवनले कब्जियत तथा अपच जस्ता समस्या स्वत कम भएर जान्छ ।विशेषगरी यस्ता हरिया साजसब्जीमा, पोटासियम, म्याग्नेसियम तथा आइरन जस्ता तत्व समेत पाइन्छ, जुन शरीरका लागि फादाजनक छ ।

ओट्स
ओटमील तथा ओटको चोक्करमा पर्याप्त मात्रामा फाइबर रहेको हुन्छ । यसमा रहेको डायटरी फाइबरले पाचनतन्त्रलाई चुस्त दुरुस्त अवस्थामा राख्नमा मद्दत गर्छ ।बिहान ग्यास, एसिडिटी तथा कब्जियतको समस्या हुने गर्छ । बिहानको नास्तामा ओट तथा ओटमीलको नियमित सेवनले यस्ता समस्याबाट चाडै छटकारा पाउन सकिन्छ ।्

नाशपाती

नाशपातीको सेवन पनि पेटको लागि फाइदाजनक मानिन्छ । नाशपातीमा पनि भरपूर मात्रामा फाइबर हुन्छ । यसमा स्याउमा पाइने भन्दा आठ गुणा बढी सर्विटोल पाइन्छ । साथै , यसमा पनि पेक्टिन नामक तत्व पाइन्छ, जसले पेट सम्बन्धि समस्या हुनबाट जोगाउँछ । नाशपातीलाई जुसको रुपमा तथा पिसेको नुन, खुर्सानीसित चोपेर पनि खान सकिन्छ ।्
केरा
रेशेदार केरामा भरपूर मात्रामा फाइबर रहेको हुन्छ । जुनसुकै मौसममा पनि पाइने केरामा पोटासियम, आइरन, लगायतका अन्य धेरै पोषकतत्व रहेको हुन्छ, जसले पाचन प्रक्रिया बढाउन मद्दत गर्छ ।
केरामा पेक्टिन नामक विशेष किसिमको फाइबर पाइन्छ, जसले खानाको कारण पेटमा हुनसक्ने गडबडीलाई रोक्छ ।