देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सधै भइन्छ निरोगी,अपनाऔं यी नियम

देशान्तर

काठमाडाै‌ं ।प्राचीन समयमा उठ्नेदेखि सुत्नेसम्म हरेक कुराका एक नियम हुन्थ्यो । त्यही कारण उक्त समयमा मानिसहरु एकदमै तन्दुरुस्त, निरोगी र दीर्घजीवि हुन्थे । उनीहरुमा अहिलेजस्तो अनेक किसिमको रोग लाग्दैनथ्यो । किनभन, उनीहरुको जीवनशैली अनुशासित हुन्थ्यो । नियमबद्ध हुन्थ्यो । यी सारा नियमको बारेमा आयुर्वेदमा उल्लेख छ ।
यदि आयुर्वेदको दिनचर्या पद्धती अपनाउने हो भने, स्वास्थ्यमा केहि परिवर्तन अनुभव गर्न सकिनेछ । यसको बारेमा आयुर्वेदमा विस्तारमा बताइएको छ । हामीले दैनिक जीवनका यसलाई अनुशरण गर्न सक्छौं ।

सूर्यादयअघि उठौं
आयुर्वेद भन्छ, आफ्नो दिनको सुरुवात घाम उदाउनुअघि गर्नुपर्छ । नभएपनि सूर्योदयसँगै उठ्ने अभ्यास गरौं । यसले गर्दा आफ्नो पुरा दिन सही ढंगले व्यवस्थापन गर्न पाइन्छ । आयुर्वेदमा स्वतः बिहान उठ्नुपर्ने वताएको छ । यसका लागि अलार्मको भर पर्नु हुँदैन ।
खुब स्वास लिने
ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम एवं योग गर्नुपर्छ । यसले शरीरमा नयाँ उर्जा प्रवाह गर्नका साथै रक्त संचारलाई पनि बढाइदिन्छ । खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म पुरा फोक्सो फुलार सास लिनुपर्छ । यसले शरीरमा अक्सिजनको मात्रा पुरा गर्छ । साथै फोक्सो स्वस्थ्य र बलियो बन्छ ।

मनतातो पानी पिउने

नियमित रुपमा दिनमा दुई, चार गिलास मनतातो पानी पिउनुपर्छ । यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त हुन्छ । मुटु रोगको खतरा पनि कम हुन्छ ।

नास्ता गरौं

आयुर्वेदमा उल्लेख भए अनुसार बिहानको नास्ता लिनैपर्छ । बिहान नास्ता गर्नु हाम्रो पहिलो प्राथमिकता हो । नास्ता ७ देखि ९ बजेको बीचमा लिनुपर्छ । यसले मस्तिष्क सक्रिय रहन्छ । इनर्जी लेभल बढ्छ ।

सही खानपान गरौं

हरेक दिन नियमित तालिका अनुसार खानेकुरा सेवन गरौं । खानेकुरा सुपाच्य, सन्तुलित होस् । तर, एकै पटकमा थरीथरीका खानेकुरा सेवन नगरौं । बरु दिनभरमा पटक(पटक थरीथरीका खानेकुराको सन्तुलन मिलाउनुपर्छ । विजातिय खानेकुरा सेवन नगरौं । सकेसम्म सात्विक भोजन लिनुपर्छ । मसला कम भएको, शाकाहारीलाई प्राथमिकता दिनुपर्छ ।

खाना अघि पानी पिउनु हुँदैन

खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन । खाना खानु आधा घण्टा अघि वा पछि मात्र पानी पिउनुपर्छ । यद्यपी खानाका साथमा थोरै पानी सेवन गर्न सकिन्छ ।

खाना खाएपछि नुहाउन हुन्न

खाना खाए लगत्तै तुरुन्तै बलको काम नगरौं । साथै नुहाउनु पनि हुँदैन । खाना खानसाथ सुत्नु हुँदैन ।

केही समय घाममा

हरेक दिन कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ । यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरको कतिपय दुखाई कम हुन्छ ।

सोझो पोजिसनमा बसौं
कुप्रिएर, झुकेर, खुम्चिएर बस्नु हुँदैन । यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुगिरहेको हुन्छ । सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ ।

गहिरो निन्द्रा आवश्यक
हरेक दिन कम्तीमा सात वा आठ घण्टा सुत्नैपर्छ । सुत्ने कोठा खुला वा हावा आउजाउ गर्ने हुनुपर्छ ।