देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हामीले आफुले आफुलाई कति माया गर्छौं ?

देशान्तर

 काठमाडौं,  मायाको कुरामा हामी यस्तै अनेकखाले धारणा बनाउँछौं । अर्थात प्रेमको कुरा गर्नसाथ त्यो कसैलाई दिने हो भनेर सम्झन्छौं । तर, हामी आफुले आफैलाई चाहि कति माया गर्छौ ?

वास्तवमा हाम्रो दिनचर्या नियाल्ने हो भने, हामीले आफु स्वंमलाई भने बिर्सिरहेका हुन्छौं । हाम्रो दिमागमा त केवल करियर, पैसा, घरपरिवार, आफन्त, सफलता आदि कुरा घुमिरहेको हुन्छ । अरु नै कुरामा हामी हराइरहेका हुन्छौं, आफैलाई बिर्सिएर ।हामी आफैतर्फ फर्कौं । बिहान उठेदेखि राती सुत्नेबेलासम्म हामी अरुकै निम्ति खटिन्छौ । आफनो लागि भने हामी समय दिदैनौ । बिहान एक छिन शारीरिक व्यायाम गर्नु र्पयो भने हामीलाई फुर्सद हुँदैन । दिउँसो अलि आरमसाथ बसेर खानुर्पयो भने हामीलाई समय पुग्दैन । एकछिन ध्यान वा प्राणायाम गर्नुर्पयो भने हामीलाई मौका मिल्दैन । अर्थात हामीलाई आफ्नो लागि माया गर्ने समय छैन ।

हामी आफैलाई किन माया गर्दैनौं ? हामी किन आफ्नैलागि समय दिदैनौ ? हामी आफैसँग किन मित्रता गर्दैनौ ?किनभने, हामी बाह्य सुख खोजिरहेका छौं । जबकी हामी आफै ठिक छैनौ भने बाहिरी सुखले केही गर्दैन । त्यसैले हामीले आफु स्वंमलाई माया गर्नुपर्छ । हामी आफ्नै लागि पनि समय दिनुपर्छ । आफुले आफुलाई कसरी खुसी राख्ने भन्ने कुरामा पनि घोत्लिनुपर्छ । आफुले आफुलाई कसरी माया गर्ने त ?आफुले आफुलाई माया गर्नु भनेको नियमित र अनुशासित दिनचर्यामा अभ्यस्त गराउनु हो । निरोगी र तन्दुरुस्त राख्नका लागि आवश्यक पहल गर्नु हो । खुसीको माध्याम पहिल्याउनु हो । यसका अनेक माध्याम हुनसक्छ ।

मस्त सुतौं

हामी आफ्नो शरीरलाई माया गर्छौ भने, उचित समयमा विश्राम पनि दिनुपर्छ । प्रकृतिले शारीरिक विश्रामको लागि निश्चित समय दिएको छ ।

रातको समयमा हाम्रो शरीरले विश्राम खोज्छ । यसबेला हामी मस्त निदाउनु आवश्यक छ । कम्तिमा ७ घण्टा निदाउनु जरुरी छ । जब गहिरो निन्द्रा लिइन्छ, हाम्रो स्फूर्ति बढ्छ । शरीर चंगा हुन्छ ।

नियमित व्यायाम

दिनभरको केहि समय हामी व्यायामको लागि निर्धा्रित गरौं । खासगरी बिहान एक(दुई घण्टा व्यायाम गरौं । शारीरिक व्यायाम, योगा, प्राणायाम गरौं । यसले शरीरलाई फुर्तिलो राख्छ । दिनभर काम गर्ने उर्जा दिन्छ । हामी थप स्फूर्तिका साथ बाँकी काम गर्न सक्छौं ।

ब्रेकफास्ट लिने गरौं

ब्रेकफास्ट अर्थात विहानको नास्ता लिनुपर्छ, आफ्नो शरीरलाई माया गर्ने हो भने । ब्रेकफास्टले दिनभरको लागि हाम्रो शरीरलाई उर्जा प्रदान गर्छ । नास्ता पोषिलो एवं स्वस्थ्यबर्द्धक हुनुपर्छ । बिहान उठेर सौच क्रिया एवं व्यायाम गरिसकेपछिको समयमा नास्ता गर्नु उपयुक्त हुन्छ ।

खुसी रहन सिकौं

खुसी र दुख हाम्रो मनभित्र छ । अन्त जान पर्दैन । खुसी रहनु भनेको स्वस्थ्य जीवनशैली व्यतित गर्नु पनि हो । जब हामी खुसी हुन्छौं, शरीरमा रोगसँग लड्ने क्षमता पनि बढ्छ ।

आफैलाई हानी गर्ने कुरा त्यागौं

हामी क्षणिक स्वादको लागि चुरोट तान्छौं, मदिरा पिउँछौं । सूर्ति, गुट्खा चपाउँछौं । मसलेदार खानेकुरा खान्छौं । जबकी यस्ता खानेकुराले हाम्रो शरीरलाई हानी गर्छ । हानी गर्छ भन्ने जान्दाजान्दै पनि हामी यस्ता खानेकुरा सेवन गरिरहेका हुन्छ । यस्ता खानेकुरा त्याग्नुपर्छ ।