देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोटाङमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल गठन

देशान्तर

खोटाङ – खोटाङमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ । स्वास्थ्य अधिकारलाई स्थापित गर्न र सुर्ती नियन्त्रणका पक्षमा काम गर्नका लागि दिलीप खत्रीको अध्यक्षतामा १३ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

सोमबार दिक्तेलस्थित होटल थ्रिब्रदर्शमा आयोजित भेलाले जिल्लामा क्रियासिल विभिन्न १३ वटा संघसंस्थाका प्रतिनिधि रहेको सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा अनिल आचार्य, सचिवमा रमेश पोखरेल, सह–सचिवमा रमेश राई र कोषाध्यक्षमा लोकमायाँ थापा चयन भएकी छन् ।

कृष्ण आचार्य, गजेन्द्र राई, भवानीप्रसाद आचार्य, शान्ता राई, मनिषा गिरी, चिसाङ शेर्पा, सर्मिला बिश्वकर्मा र सुनिता राई सञ्जालको सदस्य छानिएकी छन् । २०७१ सालमा गठन भएको सञ्जाललाई प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र रेस्फोकको पहलमा सोमबार पूनर्गठन गरिएको हो । पूनर्गठित सञ्जालको कार्यालय बहुआयमिक संरक्षण समाजको अस्पतालचोकस्थित कार्यालयसँगै राखिएको छ ।