देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परिवारवादको विरुद्ध विश्वभरका गैरआवासीय नेपाली

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन राजधानीमा सुरु भएको छ । यो विश्व सम्मेलनले आगामी दुईवर्षे कार्यकालका लागि एनआरएनएको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । एनआरएनएको विश्व सम्मेलनमा परिवारवादका विरुद्धका विश्वभरका गैरआवासीय नेपालीहरू एकजुट भएका छन्् । आठौं सम्मेलनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा भवन भट्ट र जमुना घलेका बीचमा प्रतिस्पर्धा देखिएको छ । भट्ट अहिले एनआरएनका उपाध्यक्ष हुन् भने घले आईसीसी सदस्य छिन् । घले वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् । उनी दोस्रो कार्यकाल शेष घले अध्यक्ष भएको समयमा आईसीसी सदस्यमा विवादका बीचमा मनोनीत गरेका थिए ।

दोस्रो कार्यकाल अध्यक्ष हुने समयमा भट्टले शेष घलेलाई अर्को पटक सहयोग गर्ने वचनपछि सहयोग गरेका थिए । तर घलेले अन्तिम समयमा आएर परिवारवाद लाद्न खोजेका कारण विश्वभरका एनआरएनएहरू परिवारवादको विरुद्धमा उभिएका छन् । अधिकांश एनआरएनएहरूको बुझाइ घले दुई कार्यकाल एनआरएनएको अध्यक्ष भइसकेपछि विधानअनुसार एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने भएकाले श्रीमतीलाई अध्यक्षको प्रत्याशी बनाइएको भन्ने छ । पछिल्लो समयमा अध्यक्षको आकांक्षी रहेका कुमार पन्तले भट्टलाई सहयोग गर्दै फेरि उपाध्यक्ष पदमा नै बस्न तयार भएका कारण पनि विश्वभरका धेरै एनआरएनहरू परिवारवादको विरुद्धमा एकमत देखिएको स्पष्ट हुन्छ । भट्ट समूहलाई पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो र जीवा लामिछानेको सहयोग रहेको छ ।

यस्तै अर्का एनआरएन टीबी कार्कीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । तर, कार्की कमजोर भएको कारण भट्ट र गुरुङबीच नै चुनावी प्रतिस्पर्धा हुने आकलन एनआरएनले गरिएको छ । केही एनआरएनले भने आगामी कार्यकालको लागि महासचिव पदमा कुरा नमिलेपछि गुरुङको उम्मेदवारी आएको विश्लेषण गरेका छन् । अहिलेका अध्यक्ष घलेको कार्यशैलीप्रति कडा प्रतिवाद गरिरहेका वर्तमान महासचिव बद्री केसीलाई घले समूहले स्वीकार नगर्ने र भट्ट समूहलाई समर्थन गरिरहेका पूर्वअध्यक्षहरू डा.उपेन्द्र महतो र जीवा लामिछानेले घले समूहले अगाडि सारेका महासचिव पदका प्रत्याशी त्रिलोक गुरुङलाई स्वीकार नगर्ने अवस्था आएपछि अध्यक्ष पदमा गुरुङको उम्मेदवारी आएको धेरैको बुझाइ छ ।

अघिल्लो कार्यकालमा भएको सहमति पालना गर्न घले तयार नभएपछि यो पटक विश्वभरका एनआरएन उनको परिवारवादको विरुद्धमा उभिएका छन् । अघिल्लो कार्यकालमा घलेले भट्टलाई अध्यक्षमा सहयोग गर्ने वाचा गरेका थिए । तर उनले वाचा पूरा गर्नुको साटो एनआरएन अभियानमा नै पहिलोपटक आईसीसी सदस्यका रूपमा प्रवेश पाएकी जमुनालाई उम्मेदवार बनाउने योजनामा लागेपछि घलेको दोस्रो कार्यकाल निर्विवाद बन्न सकेको थिए ।

अध्यक्ष पदमा गुरुङले पनि उम्मेदवारी घोषणा गरेपछि दुई प्यानलबीच चुनाबी प्रतिस्पर्धा हुने बताइएको छ । उपाध्यक्ष पदमा अध्यक्षका प्रत्याशी भनिएका कुमार पन्त, चिरञ्जीवी थापा, कुल आचार्य, सोनाम लामा, खगेन्द्र जीसी देखिएका छन् । पन्त अहिलेका उपाध्यक्ष तथा जर्मनीका एनआरएन हुन् भने थापा जापानका एनआरएन हुन् । त्यस्तै आचार्य बेलायतका हुन् । लामा र जीसी अमेरिकाका एनआरएन हुन् । यसैगरी महासचिवमा बद्री केसी भिड्ने भएका छन् । केसी अहिले पनि महासचिव नै हुन् । उनी रसियाका एनआरएन हुन् । त्यसैगरी सचिवमा अस्ट्रेलियाको गणेश केसी उम्मेदवार बनेका छन् भने कोषाध्यक्षमा हिक्मत थापाले दोहोर्‍याउने भएका छन् । थापा नाइजेरियाबाट प्रतिनिधित्व गर्दछन् । यीमध्ये लामा र जीसी घलेको समर्थनमा देखिएका छन् ।