देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय फुटसल लिग च्याम्पियन सिप आज देखी

देशान्तर

काठमाडौं । पहिलो संस्करणको रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप आजदेखी राजधानिमा शुरु हुदैँछ ।

अखिल नेपाल फुटवल संघ अन्तरगतको फुटसल समितिको आयोजनामा हुने च्याम्पियनसिप राजधानिका दुई फुटसल, एरिना स्तुपा फुटसल बौद्ध र चौर रिक्रिएसन सेन्टर बाँसवारीमा हुने फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिए ।

भाद्रा २५ गते सम्म जारी च्याम्पियनसिपको आजको पहिलो खेलमा तिन, आठ खेल हुनेछन् । नेपालले अक्टोवर १३ देखी २२ तारिख सम्म ईरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता गराउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको च्याम्पिएयन सिपमा विभिन्न १६ टिमले सहभागिता जनाउनेछन् ।

टिमलाई दुई समुहमा विभाजन गरी खेल लिगकम नकआउटका आधारमा खेलाईने आयोजकले जनाएको छ । समुह ए मा खुमलटार युवाक्लव, बिजी ब्रदर्श, किकअफ फुटसल, हरिसिद्धि फुटसल, खालीबारी फुटबल क्लब, स्वयम्भु रिक्रिएसन सेन्टर र बिजी फुटसल रहेका छन् ।

यस्तै समुह बी मा फुटसल भिलेज, सामाखुशी फुटसल, शंखमुल फुटसल, ढुकु फुटसल हव र चौर रिक्रिएसन फुटसल रहेका छन् ।

प्रतियोगिताको विजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ठ गोलरक्षक, डिफेन्स, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले २०–२० हजार नगद पुरस्कार पाउनेछन् ।