देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडक वालवालिकाको लिग फुटवल प्रतियोगिता हुदैँ

देशान्तर

काठमाडौं । सेल्टर आश्रय नेपालको आयोजनामा र अखिल नेपाल फुवलसंघ एन्फाको सहयोगमा भदौ २१ देखी २३ गते सम्म सडक वालवालिकाको लिग फुटवल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सडक वालवालिकाको क्षेत्रमा काम गरिरहेका १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहनेछ । खेल लिककम नकआउटका आधारमा खेलाईनेछ । प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिनेछ । लिगका खेलहरु दशरथ रंगशालामा हुनेछ ।
लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिलाई सन २०१८ को १९ देखी २७ तारिख सम्म रुसको मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाको विश्व कप फटवलमा सहभागी गराईने आयोजकले जनाएको छ । विश्वकप सेभेन ए साईडको हुनेछ । लिगका खेल ३० मिनेटको हुनेछ । वश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा १२ छात्र र १२ छात्रा टिमले प्रतिस्प्रर्धा गर्नेछन् ।
नेपालले छात्र टिममा मात्र भाग लिनेछ । आगामी विश्व कपमा नेपालको छात्रा टिमलाई पनि सहभागी गराईने आश्रय नेपालकी संयोजक खुश्वु ओलीले जानकारी दिए ।