देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोकाकोला कप विहिवार देखी भक्तपुरमा

देशान्तर

काठमाडौं । कोकाकोला कप अन्तरविद्यालय मध्यमाञ्चल क्षेत्रीय फुटबल प्रतियोगिता भोलीदेखि भक्तपुरको माहेश्वरी खेल मैदानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त प्रतियोगिताको छात्र तथा छात्रा दुवै विधाको खेलहरु भक्तपुरस्थित माहेश्वरी खेलमैदानमा गर्ने भएको हो ।

भोलीदेखि हुने प्रतियोगिताको लागि एन्फाले माहेश्वरी खेलमैदानको तयारी गरिरहेको छ । त्यसको भक्तपुर जिल्ला फुटबल संघलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ । संघका पदाधिकारीहरु अहिले खेलमैदानको व्यवस्थापनमा लागिरहेका छन् ।

अघिल्लो वर्षसम्म एन्फाले क्षेत्रीय प्रतियोगिता काठमाडौं मै गर्दै आएको थियो । तर काठमाडौंमा मात्रै सीमित रहँदा यस वरपरका जिल्लामा खेलमैदान तथा अन्य पूर्वाधार विकास हुन नसकेपछि यस वर्षदेखि काठमाडौं बाहिर प्रतियोगिता गर्ने निष्कर्षमा पुगेको एन्फाले जनाएको छ ।