देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल साफ यू–१५ च्याम्पियनसिपको फाइलनमा भारतसँग पराजित

देशान्तर

काठमाडौँ । नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो ।

नेपालले खेलमा लिएको शुरुवाती अग्रता जोगाउन सकेन । भारतका परिवर्तित खेलाडी लाल रोकिमाले भारतका लागि बराबरी गोल फर्काउदा कप्तान विक्रम प्रताप सिंहले भारतको जितमा निर्णायक गोल गरे ।

दोस्रो हाफमा नेपालले गतिलो प्रदर्शन गर्न सकेन । लगातार आक्रमण बुनेको भारतले ५९ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । ७५ औं मिनेटमा कप्तान विक्रम प्रताप सिंहले दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै भारतलाई खेलमा अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसक्दा भारतले २–१ ले खेल आफ्नो पक्षमा पार्यो ।

नेपाल समूह चरणमा पनि भारतसँग २–१ ले पराजित भएको थियो । यसअघि नेपालले खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ब्रिजेश चौधरीले गोल गरेका थिए ।