देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिसाउँदा फकाउने जीवनसाथी चाहिन्छ

देशान्तर

सन्चै हुनुहुन्छ ?
अहिले संम सञ्चै छु भन्नु पर्ला ।

के भएको थियो र ?
मेरो किड्नीमा समस्या थ्यो दवाई खाएसी ठिक भयो ।

कुन कुन देश घुम्नुभो अहिले सम्म ?
हङकङ्, जापान, कतार र युके प्रोग्राममा गाको छु ।

डान्स कहिले सिक्नु भाको नी ?
सिकेको भन्दा नि मलाई बच्चा देखी नै डान्समा रुची थियो पछि गएर संयोगहरु पनि त्यस्तै त्यस्तै मिल्यो, आफै पनि सिक्दै गयो र क्लास लिएर पनि सिके, तर म वढि नाच्थे नाच्दा नाच्दा आफै सिकियो । मलाई अन्य डान्स भन्दा फ्री डान्स चै एकदमै मन पर्छ । कन्सर्ट डान्समा चाहि सिकाउनै पर्छ ।

कसैलाई प्रेम गर्नुहुन्छ कि गर्नु हुन्न ?
म सानै देखी सानु मान्छे देखी ठुलो मान्छे सम्म सवैलाई प्रेम गर्छु ।

कसैलाई वोई फ्रेण्ड बनाउछु भनी छान्नु भाको छ की छैन ?
त्यो त अहिले नै भन्न मिल्दैन ।


कहिले भन्नुहुन्छ ?
समय आयसी भनौँला ।

समय कहिले आउछ ?
आएपछि भनौँला ।

तपाई पोखराको स्थानिय चेली पनि हुनुहुन्छ, पोखरा तपाईलाई कस्तो लाग्छ ?

म पोखरामै जन्मे पोखरा मै हुर्के तर घुम्नै पर्नै ठाउँहरुमा चाहि अहिले सम्म कहीँ गएको छैन । तिन वर्ष अघि डेविड्स फल गए, अस्ति भर्खर मात्र शरङ्कोट पुगरे फर्के अरु ठाउँहरु पनि धेरै राम्राराम्रा छन् भन्छन् तर गएको छैन, जाउला नि एक न एक दिन ।

पर्यटकको लागि पोखराको विशेष के छ ?

पहिलो कुरा त त्यहि फेवाताल हो । यहाँ बोटिङको छुट्टै मज्जा लिन पाईन्छ । शरङ्कोटको प्याराग्लाईडिङको कुरा झन फरक मज्जाको विषय भैहाल्यो । डेविड्स फल जसलाई पोखराका पाताले छाँगो भनिन्छ । थुप्रै घुम्न लाएक ठाउँहरु छन,् मलाई सवैको नाम भन्न चाहि आउदैँन । पोखरामा म जन्मेर मैले भन्न खोजेको हैनकी हरेक कुराहरुले पोखरा धेरै राम्रो छ ।

आज भोली दैनिकी कसरी चलिराछ ?

म एक दमै अल्छी छु, विहान एक दमै चाँडै उठ्छु, अनि फेरी सुत्छु, खाना खान्छु, अनि फेरी सुत्छु, फेसवुक हेर्छु यस्तै हो । म धेरै घुमघाम गर्दिन बरु घरमै सुतेर वस्छु । स्कुटीमा वाहेक त्यस्तो ममा घुम्ने चलन छैन । तर जस्लाई जुन कुरा गर्न मन लाग्दैन भगवानले पनि त्यहि अराउदो रहेछ । बसमा बमिट आउछ, सुटिङमा जानुपर्छ, विदेशतिर ल्पेन चडेर जानै परिहाल्यो ।


तपाईको वच्चै देखीको उदेश्य चाहि के थियो ?

सानै देखी फिल्म खेल्ने मेरो एउटै मात्र उदेश्य थियो, तर नेपाली फिल्म नै मैले शोचेकी थिएन । गुरुङ फिल्म सम्म खेल्ने शोच चाहीँ मैलै बनाएको थिए । गुरुङ फिल्म मैले खेलेको भएकै कारणले कबड्डीमा अवशर पाए र त्यसमा मेरो रोलमा निखारता दिन अबशर जु¥यो र सफल पनि भयो ।

पहिलो चोटी शुरुमा कवड्डीको अफर आउदा कस्तो लागिराथ्यो ?

नढाटीकन भन्नुपर्दा त्यति खेर त्यस्तैत्यस्तै फिल्महरु चलिरहेको थियो । त्यस्तैत्यस्तै भन्नाले मलाई एक्ज्याक्ली भन्नचाहि आएन फरक धारका एकदम ओपन फिल्महरु चलिराथ्यो । त्यतिखेर मैले शोचे म मा के देखे होला र त्यो फिल्ममा मलाई अफर आयो काठमाडौंमा म भन्दा धेरै स्ट्रगल गरेर म भन्दा धेरै राम्रोराम्रो मोडलहरु छन्, अभिनय सिकेकाहरु धेरै छन् ममा के देखेर अफर गरेको होला जस्तो लाग्यो, कहीँ त्यहि कारणले त मलाई अफर गरेको हैन भनेर मैले पहिलो चोटि मै नो भने । तर संयोगबस कवड्डी फिल्म त्यो वर्ष सुटिङ नभएका कारणले अर्काे वर्ष फेरी पनि मलाई नै अफर आयो, मैले त्यति खेर सम्म तिन ओटा फिल्म खेलिसकेका थिए र मैले ओके भने र खेलेकी हँु ।


कवड्डीमा पहिलो एक्पेरिएन्स कस्तो रहयो ?

मलाई त्यस्तो डर लाग्ने, ठुलो ठुलो कलाकारहरुसंग म सुटिङमा छु, त्यस्तो कुनै डरको फिल नै भएन, म ठुली भईसकेकी थिए तर कताकता दिमागमा चाहि म वच्चै छु जस्तो लाग्थ्यो तर त्यति गाह्रो भएन रमाइलो भयो । दाईहरुले रिस्मा तिमिलाई गाह्रो भएन भन्नुहुन्थ्यो मैले सजिलै भन्थ्ये अंह त्यस्तो गाह्रो छैन भन्थ्ये अनि उहाँहरुले राम्रो सधै यस्तै गर्नुभनेर प्रोत्साहन दिनुहुन्थ्यो । मलाई पनि आफुले नचित्ताएको फिल्म मैले खेल्न पाउदा खेरी मलाई नी संसारै पाए जस्तो लागेको थियो ।

छुच्ची कतिको हुनुहुन्छ ?
म एक दमै रिसाउछु र घमण्डी पनि, रिस उठेकोे वेला मेरो अगाडि कोहि पनि पर्नु हुदैन, तर आज भोली शोचिसकेको छु, एक दमै रिस र ईख राखेर नहुने रहेछ भनेर त्यसैले आजभोली म त्यति धेरै रिसाउदिन पनि रिसाई हालेको कोहि देखेमा पनि म गएर फकाई हाल्छु ।

भनेसी दयाहाङ जस्तोे फकाको फकाई गर्ने जीवनसाथी चाहियो ? कि तपाई जस्तै ?
नो नो मलाई मेरै व्यवहारको जीवनसाथी भयो भने मेरो जीवन एकदमै कष्टमय हुनेछ ।

कस्तो केटा मनपर्छ ?
मलाई क्यूट मान्छे मन पर्दैन, मान्छे जस्तो सुकै होस तर मेरो आफ्नो जीवनसाथी रिसाउँदा फकाउने जीवनसाथी चाहिन्छ


जीवनसाथीको रुपमा कोहि अहिले सम्म भेट्नुभएको छ ?
खै भेट्यो भन्ने कि, भेट्या छैन भन्ने खै के खै के ।

पढाई कता पुग्यो ?
मास्टर रनिङमा छु, ज्वईन चाहि भाको हो तर क्लास जाने गरेको छैन । टिउसन पढ्ननी गाको छैन, डामाडोल भाको छ । मेरो रुचि फिल्म तिर भएको कारणले पनि पढाई तिर ध्यान नै जादँैन, तर पढ्न त पढ्छु बाबाले पढाई भन्दा ठुलो केही हैन भनेर भनेको भनै गर्नुहुन्छ त्यसैले पढ्न चाहि पढ्छु ।

कुन बेला धेरै खुसी बन्नुहन्छ ?
भोक लागेको वेला चट्पटे ल्याईदियो भने धेरै खुसी हुन्छु, मेरोे आँमाले त्यस्ता कुरा बुझ्नुहुन्छ अनि म त्यति खेर धेरै खुसी हुन्छु ।