देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुवै मिर्गौलाले काम गर्न छोडेपछि पूर्वमन्त्री शेर्मा अस्पतालमा

देशान्तर

काठमाडौं । दुवै मिर्गौला काम गर्न छोडेपछि नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा एक सातादेखि अस्पतालमा उपचाररत छन् । केही साता अघिदेखि सामान्य बिरामी भएका शेर्माको दुवै मिर्गौलाले काम गर्न छाडेकाले एकसाता अघि वीर अस्पताल पुग्नुभएकामा आपतकालीन शैय्या नभएको भन्दै अस्पतालले फिर्ता गरेपछि पुल्चोकस्थित निदान अस्पतालमा उनि भर्ना भएका छन।

काँग्रेसको पूर्व केन्द्रीय सदस्यसमेत रहेका ७४ वर्षीय शेर्मालाई डायलासिसमार्फत थप उपचारको प्रक्रिया अगाडि बढाइएको काँग्रेसका नेता धर्मेन्द्रविक्रम नेम्वाङले जानकारी दिए । एक साताअघि शेर्मालाई एक्कासि शरीरमा असहज भएपछि अस्पताल पु¥याइएकामा सम्बद्ध चिकित्सकले मिर्गौलाले काम गर्न छोडेको जानकारी दिएको थियो ।

डायलासिस गर्न थालेका उनी शनिबारसम्म अस्पतालमै रहने बताइएको छ । इमान्दार र निष्ठावान नेताको पहिचान बनाएका शेर्मा नेपाली काँग्रेसको १२ औँं र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । पाँचथर जिल्लाको पार्टी सभापति भएका शेर्मा पहिलो संविधान सभाको निर्वाचनमा सभासद् समेत थिए।