मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । उनले मुलुकमा राजतन्त्रको औचित्य समाप्त भएको पनि बताए । उनले राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्ने पनि बताए ।
पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको पनि उनले स्पष्ट पारे । एक फरक प्रसङ्गमा नेपालले संविधान संशोधन आवश्यक भएको बताए ।
प्रतिक्रिया