देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लण्डनमा आगलागीः ज्यान गुमाउनेको संख्या १२ पुग्यो

देशान्तर

काठमाण्डौँ । लण्डनको एक भवनमा भीषण आगलागी हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्निनियन्त्रकले ६५ जनालार्य सकुशल उद्धार गरेका छन् ।

२४ तले ग्रेनफेल टावरमा एक सय २० फ्ल्याट रहेको र आगोले सबै जसो फ्ल्याटमा क्षति पुगेको छ । आगलागी भएका बेला टावरमा सयौं मानिस रहेको र धेरैजसो सुतिरहेका थिए ।

टावरमा अझै पनि केही मानिस फसेको र केही बच्ने प्रयासमा झ्यालबाट हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रधानमन्त्री टिरिजा मेले घटनाको विषयमा पूर्ण अनुसन्धान हुने बताउनुभएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

आगलागीमा परि घाइते भएका ७८ जनाको लण्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये १८ जनाको अवस्था गम्भीर छ । आगो नियन्त्रणमा लिनका लागि ४० भन्दाबढी अग्निनियन्त्रण इन्जिन र दुई सयजना अग्निनियन्त्रक खटिएका थिए ।