देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुट उपगुट होइन निर्वाचनमा लागौं : महामन्त्री डा कोइराला

देशान्तर

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसभित्रको गुट उपगुटको अन्त्य गरी स्थानीय तहको निर्वाचनमा लाग्नका लागि कार्यकर्तालाई निर्देशन दिएका छन् ।  काँग्रेस चितवन क्षेत्र नं ४ ले  पश्चिम चितवनको गीतानगरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले स्थानीय तहको निर्वाचन जनताको माग भएकाले यसलाई कसैले टार्न नसक्ने बताए ।

‘निर्वाचन मिति घोषणा भएसँगै मधेसी मोर्चाले आन्दोलनको घोषणा गर्नु दुःखद् होे, सबै समस्या वार्ताका माध्यमबाट हल गर्नुपर्छ ’, उनले भने ।  

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान कार्यान्वयन गर्नका लागि हुन लागेको निर्वाचनमा सबै एक भएर लाग्नाको विकल्प नरहेको बताए । काँग्रेस चितवन क्षेत्र नं ४ का क्षेत्रीय सभापति सरिता केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेस चितवन क्षेत्र नं ४ का सचिव गोपाल दराईले आर्थिक प्रतिवेदन र क्षेत्रीय सदस्य अमृत बानियाँले कार्ययोजना प्रस्तुत गरेका थिए । 

]]>