देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शीतलनिवासमा नेताहरुबीच आरोपप्रत्यारोप

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल माघ ७ भित्र तीनै तहको निर्वाचन हुन नसके मुलुकमा विकराल अवस्था आउनसक्ने भन्दै दलका नेताहरुलार्य समेत गराएकी छिन्। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई आइतबार अपराह्न शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा जुट्न आग्रह गरेकी हुन्। 

‘संविधानको कार्यान्वयन पहिलो आवश्यकता हो तर यसले अपेक्षित गति लिन सकेन।’ राष्ट्रपतिलार्य उद्धृत गर्दै भेटमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘२०७४ माघ ७ भित्र तीनै तहको चुनाव नभए विकराल परिस्थिति आउनसक्छ’ संवैधानिक अवस्था अनुसार २०७४ मात्र ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ। राष्ट्रपतिले भनिन्, ‘यसका लागि राजनीतिक स्थिरता र दलबीचको एकता अपेक्षित हुन सकेन।’

छलफलमा प्रमुख प्रतिपक्षीय दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव असंवैधानिक भएको बताए। रुपान्तरित संसदलाई प्रदेश सीमांकन हेरफेरको अधिकार नभएको किकिर गर्दै ओलीले दलीय छलफलबिनै अपारदर्शी ढंगबाट संशोधन प्रस्ताव दर्ता गरिएको आरोप लगाएका छन् । 

ओली लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच विगतमा भएका सहमतिअनुसारै प्रदेश सीमांकन हेरफेरको प्रस्ताव गरेको भन्दै विगत सम्झन आग्रह गरे। नागरिक दैनिकमा समाचार छ । 

]]>