देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी ठगलाई पाता कस्न थालेकै हो!



पत्रकारितामाप्रयोग हुने भाषा, भरसक शिष्ट, शालिनतथामर्यादितहोस् र अरूलाई च्वास्स बिझे पनिचित्तदुखाउने खालको नहोस् भन्नेमापत्रकारले सजगताअपनाउनै पर्छ । होइनभने छुच्चोपन र अशिष्टताको आरोप खेप्नबाट कोहीपनिबच्न सक्ने छैनन् । यो पत्रकारिताको प्रारम्भिक पाठ हो ।
नेपाल सरकारले जब बहुचर्चित सहकारी बचत रकम दुरुपयोगसम्वन्धी संसदीयविशेष छानबिन समितिको प्रतिवेदनकार्यान्वयनगर्ने कटिबद्धता व्यक्तग¥यो र त्यसमाथिकारबाहीगर्न त्यसलाई सम्बन्धितमन्त्रालयमा पठाउने निर्णय ग¥यो, तब सरकार गम्भीर रहेछ भन्ने देखेपछि त्यसमाथि केही टिप्पणी गर्ने जोश जागेको बेला, कतै आफ्नै होस् पो गुम्ने हो किभनेर पहिले आफैं सचेत हुनखोज्दा यो चेत जागेको हो ।


बचत तथा ऋण सहकारी संस्थाखोलेर त्यसका माध्यमबाट धनाढ्यमात्रहोइनन्, गरिबतथाविपन्नव्यक्तिलाई समेत बैंकलेभन्दा बढी ब्याजदिने प्रलोभनमापारेर धेरैको उठिबास भएको करुण कथा–व्यथा नेपाली समाजमानयाँ र नौलाहोइनन् । ठूला सहरकात्यस्ताबचतकर्ताले आफ्नो बचत डुबेको थाहापाएर आत्महत्यागर्नेहरूपनिथोरै छैनन् । त्यसमाथि छानबिन गर्ने समितिपनि धेरै पटक बनेका र तिनकाप्रतिवेदनपनि प्रस्तुतभएकाहुन् । ती सबै सिंहदरबारभित्रकै कुनै कोठामा थन्केका र ढुसी परिसकेकागुनासापनि सबैले सुनेकै हुन् । तर यसपालित्यसो भएन । प्रतिनिधिसभाबाटै छानबिन समितिबन्यो, त्यो पनि सर्वदलीय ! त्यसैले समितिले लगभगतीनमहिनामै आफूलाई दिएको काम सम्पन्नग¥यो र प्रतिवेदनबुझायो ।


संसद्ले त्यो प्रतिवेदन, कारबाहीकानिम्तिउत्तिखेरि नै सरकारलाई जिम्मालगायो । सरकारले अर्थात् मन्त्रिपरिषद्ले पनिउच्चप्राथमिकतादिएर कार्यान्वयनगर्न सहकारी मन्त्रालयलाई जिम्मादियो । प्रहरीले आफ्नो कामथालिसकेको छ । अरुले पनिआफूमाथिआइपरेको जिम्माक्रमशः पूरा गर्ने नै छन् । त्यो काम संसद्को आदेशमासरकारले जिम्मालगाएकाले टालटुल हुने सम्भावना छैन, किनभने त्यसको अनुगमन सरकार आफैंले गर्नेछ र सरकारको अनुगमनचाहिँजनताले गर्नेछन् ।
सहकारी समस्याको जड के रहेछ, ठगीका शृंखलाकसले कसरीचलाएका रहेछन्, ती सबै छर्लंगभइसकेका छन् । अब डाम्न मात्रबाँकीछ ।त्यो प्रक्रियापनिप्रारम्भ भइसकेकाले सहकारी पीडितहरूमा रोमाञ्च पैदामात्रभएको छैन, सरकारप्रति मरिसकेको आशा र भरोशापनिजुर्मुराएर जाग्नथालेको छ ।


सहकारीको पैसा अपचलन गरेर कसैले जग्गाकिन्ने र बेच्ने व्यवसायचलाए, कसैले हाउजिङ व्यवसायचलाएर मालामालभएभने कसैले गाडी र मोटर साइकलको व्यवसायमालगाएर अकूत सम्पत्तिआर्जन गरे भन्ने आक्षेप पहिलेदेखि नै लाग्ने गरेको थियो । तर सहकारीको रकम ठगेर राजनीतिक पार्टी खडा गर्ने र संसद्कब्जागर्ने महत्वाकांक्षी परियोजनामालगानी गरेको रहस्यभने भरखरै मात्रखुल्नथालेको हो । त्यसबाट राजनीतिको व्यवसायीकरण गर्ने नयाँ ट्रेन चलेको यथार्थ पनिखुलस्तहुनपुगेको हो । सहकारी ठगीको समस्यानितान्तनयाँ पटक्कै होइन । त्यसका अनेक रूप र छटा धेरैले देखाइसकेकै हुन् । तर यस पटक ठगीको तरिकामानयाँप्रयोग सुरु भएको र त्यसले अपराधको नयाँकीर्तिमानकायमगर्न पुगेकाले त्यसप्रति सबैको ध्यानआकृष्ट हुनपुगेको हो । त्यो पनियसकारण कि सहकारीको परम्परागतकारोबारमा अमेरिकी शैलीको हाईफाई टेक्नोलजीप्रयोग भएकाले त्यसको अन्त्य कसरी होलाभन्ने जिज्ञाशाले सबैको उत्सुकता चरमोत्कर्षमापुगेको हो ।


सहकारी ठगीको रकमलाई राजनीतिक सत्तारोहणमा कसरी रूपान्तरित गर्न सकिन्छ, त्यसको अभ्यासलाई उदांगतुल्याउनभइरहेको छानबिनको फोकल प्वाइन्ट, रवि लामिछाने हुनपुगेका छन् । अरू सबै उनका सहयोगीपात्रमात्रहुन् । उनको अभावमा न राष्ट्रिय स्वतन्त्र पार्टी रहन्छ, न त्यसलाई चलाउनअन्तकतैबाट त्यस्तै अर्को स्रोत खुल्छ । त्यहीकारण सहकारी ठगीको वर्तमानप्रकरणमा जताहे¥यो, उतै सबकानजरमा रवि लामिछाने दृष्टिगोचर हुनपुगेकाहुन् ।
पत्रकारिताको भाषामायसलाई ठगी भन्नहुने हो किहोइन, त्यो अलि धरमरकै विषयथियो । शिष्ट र अशिष्टको भुँमरीमापर्नसक्ने जोखिमपनिउत्तिकै थियो । तर जब छानबिन प्रतिवेदन सार्वजनिकभयो र कार्यान्वयनमागयो, तब शंकाको घेरामा रहेका रवि लामिछानेलाई ठगीका मुख्य योजनाकार र पात्रभएको प्रमाणित गर्ने बयान र बकपत्रउनकै साथी र सहयोगीले दिनथाले । त्यसबाट ठगीको आपराधिकमनोवृत्तिकसको रहेछ र कसरी त्यसलाई ठगी कर्ममाउतार्न प्रयोग भएको रहेछ, त्यसको थप पुष्टि हुनपुगेको हो ।


प्रजातान्त्रिकशासनव्यवस्थामागोर्खा मिडिया नेटवर्क प्रालिचलाउन पाइन्छ, त्यसमा कसैले प्रश्न उठाउन सक्तैन तर त्यसको लगानीको स्रोत विधिसम्मततथापारदर्शी हुनै पर्छ– चाहे त्यो विदेशमा भाँडा माझेर कमाएको होस् अथवा सहकारीबाट ऋण लिएर चलाएको किननहोस् । त्यसमा सबै नेपालीले सबाल उठाउने मात्रहोइन, जवाफखोज्ने हकपनि राख्दछन् । त्यसैले जीबी राई, छविलाल जोशी, रवि लामिछाने र कुमार रम्तेल सञ्चालक रहेको गोर्खा मिडियाबाट सहकारीको रकम ठगी भएको पहिलो किस्ताखुल्नआएको हो । अझै अरूकिस्ताखुल्नबाँकी नै छन् । आफ्ना साथीगितेन्द्रबाबु राईलाई बलीको बोको बनाएर विभिन्न सहकारी संस्थाबाट अर्बांंैको रकम, आफूले सही गरेर निकाल्ने खातामाजम्मागर्न लगाउने, त्यसबाट करोडौं झिकेर खर्च गर्ने, अनिकुनै पनि सहकारीमाआफू सदस्य नरहेको घोषित गरेर आरोपबाट सर्लक्क पन्छिन खोज्ने रवि लामिछाने कुनदर्जाका ठगमा पर्न सक्छन्, त्यो छुट्याउन राजकीय प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशको सहयोग लिँदात्यसले दिएको परिभाषाको नमुना यस्तो छ ।
शब्दकोश भन्छ– (१) धोकामापारेर वा छलगरी अरुको धनमाललिने व्यक्ति ठग हो, (२) झुटो काम कुरो गरी अरूको धनमाल हडप्ने पनि ठग हो, (३) झुक्यानमापारी अरुको वस्तु लिनु पनि ठगी हो ।
त्यसमध्ये कसलाई कुन मनपर्छ, त्यो रोज्ने जिम्मा पाठककै हो ।