देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रको आयोजक समितिमा ४ हजार, पोलिटब्युरोमा ३९९ सदस्य

देशान्तर

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पार्टी केन्द्रीय आयोजक समितिलाई थप विस्तार गर्ने भएको छ । यसअघि नै ठूलो संख्याको समिति बनाएर आलोचित बनेको माओवादीले सदस्य थपेर तीन हजार नौ सय ९९ सदस्यीय आयोजक समिति बनाउन लागेको हो ।

केही दिनयता जारी माओवादी केन्द्रको पोलिटब्यूरो बैठक यसै विषयमा केन्द्रित छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आयोजक समितिको संख्या टुंगो लगाउने र पोलिटव्युरोमा हाल कायम रहेका संख्यामा थप ९९ सदीय थप गर्ने प्रस्ताव ल्याएपछि आयोजक समिति विस्तार हुन लागको छ ।  महाधिवेशन आयोजक समितिमा हाल २४ सय ८३ सदस्य छन् ।

तर, आकांक्षी संख्या बढी भएकाले धरैभन्दा धेरैलाई समेटर ३ हजार ९ सय ९९ सदस्यीय समिति बनाउन लागिएको चिवालय सदस्य झक्कु सुवेदीले जानकारी दिए ।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>