देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तिहार अघि कांग्रेसबाट आठ राज्य मन्त्री

देशान्तर

काठमाडौ । पटक पटक कांग्रेसको अनिर्णयका कारण टरेको राज्यमन्त्री नियुक्ति तिहार अघिनै हुने भएको छ । कांग्रेसले तिहार अघिनै राज्यमन्त्री पठाउने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार साँझ कुराकानी भएपछि तिहार अघिनै कांग्रेसकातर्फबाट ८ जना राज्यमन्त्रीसहित साना दल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने सहमति भएको हो ।

फोरम लोकतान्त्रिक र साना दलका लागि प्रधानन्त्री दाहालले महिला बालबालिका तथा समाज कल्याण, खानेपानी तथा सरसफाई, पशुपंक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय आफूसँगै राखेका छन् । स्रोतका अनुसार देउवा र दाहालबीच छलफल भएपछि चार मध्ये दुई फोरम लोकतान्त्रिकलाई दिने सहमति भएको हो । बाँकी दुई मन्त्रालय भने साना दललाई दिन लागिएको छ ।

त्यसैगरी नयाँ चार मन्त्रीसँगै कांग्रेसले आठजना राज्यमन्त्री पनि पठाउने तयारी गरेको छ । बिहीबार र शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठक डाकेकाले सोमबारसम्ममा कांग्रेसका राज्य मन्त्रीलाई शपथ खुवाउने तयारी रहेको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ।

 

]]>