देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको निर्णय कार्कीको स्पष्टीकरणपछि

देशान्तर

काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह काकीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावमा संसद्लाई उनले दिने स्पष्टीकरणका आधारमा कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय समितिको बैठकमा सदस्यहरूको धारणा सुनेपछि सभापति शेरबहादुर देउवाले कार्कीविरुद्ध लागेको आरोप र उनको स्पष्टीकरण सुनेपछि मात्रै औपचारिक निर्णयमा पुग्ने संकेत दिएका हुन् ।

‘लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । लोकमानले आरोपको कसरी जबाफ दिन्छन्, त्यसपछि मात्रै पार्टीको औपचारिक धारणा आउँछ’, देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले संसद्को महाभियोग समितिले कार्कीमाथि लगाइएका सात अरोपबारे स्पष्टीकरण लिएपछि मात्रै कांग्रेसले निर्णय गर्छ ।’

कांग्रेसले कार्कीको स्पष्टीकरणपछि मात्रै औपचारिक निर्णय गर्ने भने पनि विपक्षमा मतदानको सम्भावना एकदमै न्यून रहेको उनको दाबी छ ।

‘संसद्को महाभियोग प्रस्तावले एउटा प्रक्रिया पूरा गरेपछि पार्टीले निर्णय गर्ने बेलामा मात्रै हामी औपचारिक निर्णय गर्छौं’, ती नेताले भने, ‘तर त्यसको अर्थ लोकमानका पक्षमा कांग्रेस जाने भन्ने हैन ।’

बीचमा दुई दिन स्थगित गरी सोमबार जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पनि अधिकांशले तत्काल निर्णय गर्न आवश्यक नदेखिएको भन्दै प्रक्रिया अघि बढेपछि मात्रै संसदीय दलमार्फत निर्णय लिन सभापतिलाई सुझाव दिएका छन् ।

महाअभियोग प्रस्तावले एउटा प्रक्रिया पूरा गरेपछि हामी औपचारिक निर्णय गर्र्र्छा । तर त्यसको अर्थ लोकमानका पक्षमा कांग्रेस जाने भन्ने हैैन । 

कांग्रेसमा लोकमानसिंहको कार्यशैलीप्रति कोही सन्तुष्ट नभए पनि एमालेले अख्तियारलाई नै कमजोर बनाउने गरी एक्कासि दर्ता गरेको महाभियोग प्रस्तावका विषयमा गम्भीर भएर निर्णय गर्नुपर्ने धार बलियो बन्दै गएको छ । कार्कीले राजीनामा गरे सहज अवतरण हुने भन्दै अनौपचारिक रूपमा कांग्रेसले सुझाव पठाएको छ ।

‘व्यक्ति गलत हो, त्यसमा कुनै विवाद छैन’, केन्द्रीय सदस्य एवं सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भने, ‘तर संसद्को विधि र प्रक्रिया पूरा गरेर भोलि अन्य संवैधानिक निकाय, राष्ट्रपति, उपराष्ट्रपतिलगायतलाई मन नपरे एकतिहाइ संसद्को हस्ताक्षर बटुलेर प्रस्ताव हाल्ने प्रवृत्ति सुरु नहोस् भनेर हामी गम्भीर भएका हौं ।’

बुढाथोकीले कांग्रेसले लोकमान एउटा व्यक्तिभन्दा पनि संस्थाको चिन्ता गरेर सुरक्षित अवतरण गराउने विकल्पका विषयमा छलफल गरिरहेको पनि बताए । ‘बुढी मरीभन्दा पनि काल पल्कियो भन्ने चिन्ता कांग्रेसलाई परेको होु, उनले भने, ‘यस विषयमा पार्टी गम्भीर छलफल गरेर अघि बढ्छ ।’

बैठकमा केन्द्रीय सदस्यहरू धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे र बद्री पाण्डेले लोकमानविरुद्धको महाभियोग प्रस्तावका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । अधिकांश सदस्यले भने केही समय पर्खेर मात्रै निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले अख्तियारका प्रमुख आयुक्त बनाउनै नहुने व्यक्तिलाई बनाएर गल्ती भएको भन्दै महाभियोगपछाडिका राजनीतिक दउपेचलाई विश्लेषण गरी पार्टी नेतृत्वले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । सोमबारको बैठकमा गुरु घिमिरेले भने लोकमानलाई कारबाही गर्न नहुने धारणा राखेका थिए । बैठक मंगलबार बिहान पुनः बस्ने आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ ।

]]>