देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रबुद्ध समूहको सुविधासम्बन्धी प्रस्ताव रोकियो

देशान्तर

काठमाडौं । नेपाल भारत द्विपक्षीय सम्बन्धका विविध आयामको समीक्षा तथा सम्बन्धलाई सम्मानित बनाउन गठित प्रबुद्ध समूहको नेपाली पक्ष र सरकारबीच असमझदारी बढ्दै जाँदा समूहको उदेश्य हासिल हुनेमा आशंका बढेको छ ।  नेपाली प्रबुद्ध समूहले गरिरहेको कामप्रति परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले असन्तुष्टि जनाएका छन् भने समूहका सदस्यले सरकारबाट आफूहरुलाई असहयोग भएको महसुस गरेका छन् ।

सरकार र समूहबीचको असमझदारीकै कारण समूहका लागि सरकारले उपलव्ध गराउने बजेट, समूहका सदस्यको भत्ता र गाडी सुविधाबारे मन्त्रिपरिषदले निर्णय गरेको छैन । परराष्ट्र मन्त्रालयले प्रवुद्ध समहूका लागि दिइने बजेट भत्ता र गाडी सुविधासम्बन्धी प्रस्ताव तयार गरी तीन साताअघि मन्त्रिपरिषदमा पठाए पनि त्यस सम्बन्धमा कुनै निर्णय हुन नसकेको सरकारी स्रोतले बताएको छ ।

प्रवुद्ध समूहमा पूर्वराजदूत डा। भेषबहादुर थापा, एमाले सांसद राजन भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री निलाम्बर आचार्य रहेका छन् ।  अन्नपूर्ण पोस्टमा समाचार छ । 

]]>