देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चालकको अभावमा प्याराग्लाइडिङ बन्द

देशान्तर

काठमाडौं । सुर्खेतमा केही महिना मात्र सञ्चालन भएको प्याराग्लाइडिङ चालकको अभावमा बन्द भएको छ । दुई वर्षअघि सञ्चालनमा ल्याइएको प्याराग्लाइडिङको उडान दक्ष पाइलटको अभावमा बन्द भएको हो ।

तर, सञचालकले भने आगामी ३ महिनाभित्र पुनः सुर्खेतको आकाशमा प्याराग्लाइडिङको नियमित उडान हुने दाबी गरेका छन् । त्यसका लागि आवश्यक तयारी भइरहेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदमबहादुर शाहीले बताए छ । 

सरकारले यो वर्षलाई घुमफिर वर्षका रुपमा मनाइरहेको र जिल्लामा पर्यटकको आवागमन बढेको भन्दै उनले पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी गरेका हुन् ।  चालकलाई जिल्लामा ल्याउने काम भइरहेको उनको भनाइ छ । अन्नपूर्णमा समाचार छ ।

]]>