देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतका राष्ट्रपति मुखर्जीको पोखरा घुम्ने कार्यक्रम स्थगित

देशान्तर

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पोखराका पर्यटकीस्थल घुमाउने पोखरेलीको चाहना अधूरो रहने भएको छ । मुखर्जी १७ देखि १९ कात्तिकसम्म हुने नेपालको राजकीय भ्रमण सिलसिलामा अन्तिम दिन पोखरा जाने कार्यक्रम थियो ।

उनले पोखराका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्ने पूर्व कार्यक्रम भए पनि सुरक्षा र स्वास्थ्यको कारण देखाउँदै पर्यटकीय स्थानको अवलोकन भने स्थगित भएको सुरक्षा स्रोतले जनायो ।

राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका लागि सुरक्षा स्थिति बुझ्न शनिबार पोखरा पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसहितको २२ सदस्यीय टोलीसँगको छलफलमा सुरक्षा कारण देखाउँदै पर्यटकीय स्थानको अवलोकन गराउन नसकिने जनाइएको हो । राष्ट्रपति मुखर्जीलाई यसअघि हल्लनचोक, लेकसाइड, सराङकोटलगायत पर्यटकीय स्थान अवलोकन गराउने कार्यक्रम थियो । राजधानी दैनिकमा समाचार छ । 

]]>