देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रलाई सरकारी जमिन

देशान्तर

काठमाडौं । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे संयोजक रहेको स्थानीय सिफारिस समिति पर्साले माओवादी केन्द्रको पार्टी कार्यालयका लागि पाँच कट्ठा ऐलानी जग्गा भोगचलन गर्न दिएको तथ्य सार्वजनिक भएको छ ।

वीरगन्ज उपमहानगरपालिका कार्यालय वडा नम्बर १७ मा अवस्थित किता नम्बर ७५ मध्येको पाँच कट्ठा ऐलानी जग्गा माओवादी केन्द्रको पार्टी कार्यालयका लागि ५० वर्षसम्म लिजमा दिने निर्णय समितिले गरेको हो ।

प्रजिअ घिमिरे संयोजक रहेको समितिले एक दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको पर्खालछेउमै रहेको उत्त ऐलानी जगा माओवादी केन्द्रको पार्टी कार्यालय सञ्चालनका लागि उपलव्ध गराउने निर्णय गरेको छ । निजी भवन वा जगा नहुँदा पार्टी सञ्चालनमा अतिनै कठिनाइ भएकाले जग्गा उपलव्ध गराइदिन भन्दै माओवादी केन्द्रको जिल्ला कार्यसमितिले गत आइतबार प्रजिअ घिमिरे संयोजक रहेको समितिलाई निवेदन दिएको थियो ।

निवेदन पाएको दिन नै प्रजिअ घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त जग्गा केन्द्रलाई दिने निर्णय गरेको हो । माओवादी केन्द्रलाई ऐलानी जगा दिने निर्णयको एमाले र मधेसी मोर्चाले विरोध गरेका छन् । अन्नपूर्णपोष्टमा समाचार छ ।

]]>