देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार फेरिने हल्लाको असर, कामै गर्न छोडे कर्मचारी

देशान्तर

काठमाडौं । अहिले सरकार परिवर्तनको हल्ला उत्कर्षमा रहेको छ। सरकारको दोस्रो प्रमुख घटक नेकपा माअ‍ोवादी केन्द्रले कहिले सरकारमा बस्ने र कहिले छोड्ने भन्दै पटक पटक हल्ला सिर्जना गरेपछि कर्मचारीवृत्तले कसको नेतृत्वमा सरकार बन्ने हो  र कस्तो मन्त्री आउने हो भनेर लख काट्दै नियमित काम नै गर्न छोडेका छन्।

माओवादी केन्द्रले चटक्कै छोड्न पनि नसक्ने र छोड्छु पनि भनी रहने गर्दा सर्वसाधारणमा मजाकको विषय भएजस्तै कर्मचारीबृत्तमा पनि मन्त्रीहरुलाई नटेर्ने र हेप्ने प्रवृत्ति बढेको छ। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यालयभित्र छलफल गर्दा होस् या चियागफमा एउटै काम हुन्छ– त्यो हो सरकार परिवर्तन गफ।

सर्वसाधारणमाझ राजनीतिक विषय अत्यधिक र्चा हुने हाम्रो जस्तो देशमा कर्मचारीबृत्तमा पनि सरकार परिवर्तनको चर्चाले प्रश्रय पाउनुलाई एकथरीले स्वाभाविक पनि भनेका छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

 

]]>