देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिले शिलान्यास गरेको घरको जग भलले पुर्यो

देशान्तर

काठमाडौं । आफ्नौ गाउँलाई केन्द्र बनाएर गत वर्ष बैशाख १२ गते गएको भूकम्पले बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घरक्षतिग्रस्त भयो। त्यहाँका १ हजार ४ सय ७० घर क्षतिग्रस्त भए। ती घरबाट केही निकाल्न पाइएन। त्यसयता गोपालले चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए। यही टहरोभित्र तीनजनाको परिवार वर्षदिन काटायो।

एक वर्षपछि त्यही दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टर चढेर बारपाक पुगिन्। भूकम्प गएको ११ बजेर ५६ मिनेटकै घडीपला मिलाएर पण्डित इश्वरीप्रसाद रेग्मीले वेदका ऋचा पढे। राष्ट्रपतिले गोपालको घरको जग पूजा गरिन्, ढुंगा राखिन् र साबेलले सिमेन्ट राखेर शिलान्यास गरिन्।  केहीबेरपछि राष्ट्रपतिकै रोहबरमा गोपालले दुई लाख रुपैयाँ अनुदान पाउने सम्झौता पनि भयो। गाविस सचिव चेतनाथ अम्गाइँले उनलार्ए सम्झौता पुस्तिका हस्तान्तरण गरे। राष्ट्रपति आफ्नो घर शिलान्या गरेपछि गोपालले मात्रै होइन, सारा गाउँलेले छिट्टै घर बन्ने सपना देखेका थिए।  

४५ दिनपछि बारबाकस्थित उनको टहरामा पुग्दा राष्ट्रपतिले शिलान्यास गरेको जगको खाल्डो रित्तै थियो। राष्ट्रपतिले पूजा गरेर राखेका ढुंगा त्यहाँ थिएनन्। पानी पर्दा भल पसेर आधाआधाी जग माटोले पुरिएको थियो। घर बन्नु त परेको कुरा, आनजसम्म भग्नावशेष सतह पनि सम्याइएको छैन। पूजा गरेका अरु ढुंगा कता पुगे, एउटाचाहिँ जोगाएर घरभित्रै छोपेर राखेको गोपालले बताए। अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>