देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुवाईको प्रायोजनमा अविवाहित मन्त्रीको बैंकक सयर

देशान्तर

काठमाडौं । आर्थिक अपचलनको मामलामा वर्तमान केपी ओली सरकारलाई उछिन्न सक्ने सरकार आगामी दिनमा सायदै बन्लान् । मन्त्रीदेखि आसेपासे र सत्तारूढ दलका सांसदहरूको चर्तिकला यस्तो छ कि उनीहरू राज्यको स्रोतसाधनले मात्र नपुगेर विभिन्न स्थार्थ समूह तथा व्यापारी, कालोबजारीबाट पनि मनग्ये फाइदा लुटिरहेका छन् । पछिल्लो चरणमा सञ्चारमन्त्री शेरधन राई पनि यही पंक्तिमा उभिएका छन् । 

मन्त्री परिषद्को कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्थालाई लत्याउँदै आफूलाई निकै स्वच्छ छविको भएको दाबी गर्ने अविवाहित सञ्चारमन्त्री शेरधन राई कार्यक्रमको बहानामा एक चिनियाँ कम्पनीको प्रायोजनमा थाइल्यान्डको बैंकक सयर गरेर फर्किएका छन् । 

त्यसरी निजी कम्पनीको खर्चमा विदेश भ्रमणमा जाँदा नियमावली विपरीत हुने त आफ्नो ठाउँमा छदैछ त्योभन्दा पनि यसमा ठूलो आर्थिक चलखेलको संकेत पनि लुकेको जानकारहरु बताउँछन् । थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रका दूरसञ्चारसेवासँग सम्बन्धित सेवाप्रदायक संस्थाको ‘फोर जी’ सम्मेलनमा भाग लिने नाममा टेलिकमका हाकिमहरूलाई लिएर मन्त्री राई दूरसञ्चार उपकरण निर्माता चिनियाँ कम्पनी हुवाईको  खर्चमा आइतबार बैंकक गएर शुक्रबार फर्किएका हुन् । उनले बैंककमा रहेको हुवाईको क्षेत्रीय कार्यालयमा निकै समय विताएको सूत्रले बतायो । सूत्रका अनुसार राई फोरजी सेवा विस्तारको नाममा हुवाईसँग आर्थिक ‘डिल’ गर्न बैंकको गएको स्रोतको दाबी छ । 

हालैमात्र नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छ । करोडौंको खर्चमा सञ्चालन हुने त्यस्तो सेवा सञ्चालनको लागि उपकरण जडान तथा खरिदमा ठूलो आर्थिक चलखेल हुन्छ । सेवा तथा उपकरण खरिदको लागि सार्वजानिक खरिद नियमावलीअनुसार टेन्डरबाट गर्नुपर्ने भनिए पनि मन्त्री तथा टेलिकमका हाकिमहरूलाई प्रभावित पारेर सोझै आफैं हत्याउने दाउमा लागेको हुवाई कम्पनीले पछिल्लो पटक मन्त्री लगायतका अधिकारीहरूई प्रायोजन गरेको हो । 

सेवा तथा उपकरणको प्रयोग गर्दा एकातिर स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट गर्नुपर्ने भनिए पनि आर्थिक चलखेल गरेर कमसल समान उपलब्ध गराएर धेरै पैसा कुम्ल्याउने दाउमा रहेको हुवाईले यसरी मन्त्री राई र सहसचिव हाकिम सुरेश अधिकारीलाई बैंकक घुमाए र राम्रैसँग प्रभावित पारेको र जसरी पनि आफूले फोरजी कन्ट्र्याक्ट हत्याउने प्रपञ्च बुनिरहेको मन्त्रालय निकट स्रोतले देशान्तरलाई बतायो । कुनै पनि कम्पनीले यसरी आफ्नो फाइदाको लागि कुनै पनि हर्कत गर्नु त सामान्य हो तर उनकै प्रायोजनमा आफूलाई स्वच्छ छवि भएको नेताको रूपमा चिनाउने अविवाहित मन्त्रीको बैंकक सयर चाहिँ कत्तिको स्वच्छता हो ?  

 

]]>