देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले घर भाडा नतिरेपछि प्रथमराष्ट्रपति निवास खाली गराउन मुद्दा

देशान्तर

काठमाडौं । सरकारले प्रथमराष्ट्रपति डा. रामवरण यादवलाई उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायार गरेका हुन् ।

 विष्टले घर खाली गर्न नमानेका कारण आफूचाहिँ डेरामा बस्नुपरेको पनि उल्लेख गरेका छन् । बहाल भराई घर खाली गराई पाउँ भन्दै दायर मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन शीतलनिवास, सरकार र प्रथमराष्ट्रपति यादवलाई प्रतिवादी बनाइएको छ ।विष्टले घरबहाल बापतको रकम उपलव्ध गराइदिन पटकपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएपछि अदालत गुहारेको बताएका छन् ।

सरकारले डा. यादवका लागि भनेर ललितपुर उपमहानगरपालिका ४ नख्खु खरिबोटमा रहेको विष्टको घर भाडामा लिएको थियो । उक्त घर २०७२ कात्तिक १२ गतेदेखि बहालमा लिने निर्णय भएको थियो । त्यसयताको सबै बहाल, बक्यौता रहेको दाबी फिरादपत्रमा छ । घरबहाल, बिजुली, पानीको समेत १० लाख २४ हजार आठ सय १० रुपैयाँ असुल्न बाँकी रहेको पनि विष्टले जनाएका छन् ।आजको अन्नपूर्णमा समाचार छ ।

 

]]>