देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा फेरि नेपालीमाथि ‘टार्गेट’

देशान्तर

काठमाडौं । अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास। यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा। उनीहरुलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेश्नलबाट सुरक्षाका लागि भर्ती गर्छ। दूतावासको सुरक्षाका लागि काम गरे पनि नेपाली युवा दूतावासको सुरक्षित स्थानमा भने बसोबास गर्दैनन्। उनीहरुलाई डायनकर्पले काबुल जलालाबाद हाइवेको नजिकै पर्ने पीडि ९ को बनाया क्षेत्रमा बसोबासको व्यवस्था मिलाएको छ।

अरु दिनजस्तो सोमबार बिहानै दूतावासको सुरक्षामा खटिने नेपाली टोली काबुलको क्यानेडेली दूतावास जान तयार भए। उनीहरु सुनौलो र सेतो रङको मिनी बसमा चढेर काबुल जाँदै थिए। बस नेपालीहरु बस्ने स्थानबाट काबुल जालालाबादको मूख्य सडकमा छिर्यो। बस अफगानिस्तानको समयअनुसार बिहान ५ बजेर ४० मिनेट जाँदा मूख्य सडकमा प्रवेशमात्रै गरेको थियो, ठूलो आवाजसहित विस्फोटनमा पर्यो। बसलाई पैदलै आएका आत्मघाती आक्रमणकारीले हमला गरेको काबुलका प्रहरी प्रमुख जनरल अब्दुर रहरमान रहिमीले जानकारी दिए। यही हमालामा १२ नेपालीको मृत्यु भयो भने ६ नेपाली घाइते भए।

विस्फोटनमा परेर दुई भारतीयको समेत मृत्यु भएको छ भने चार अफगानी पनि घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। यसअघि २०६१ भदौमा पनि इराकमा पुगेका १२ नेपालीको अपहरण गरी आतंककारीले निर्मम हत्या गरेका थिए। विस्फोटनमा परी मृत्यु हुने नेपाली आफ्नो दूतावासको सुरक्षाका लागि काम गरिरहेको जाकनारी काबुलस्थित क्यानडाली दूतावासले दिएको छ। गोरखापत्र दैनिकमा समाचार छ। 

]]>