देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मदिरा तथा सुर्तीजन्यमा बढी खर्च गर्नेमा गरिब, धनीको विलासी वस्तुमा

देशान्तर

काठमाडौं । गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता रहेको पाइएको छ । गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रतिशत मात्रै उपयोग गरेको देखाएको छ ।

सर्वेक्षणअनुसार गरिबले खाद्यान्न तथा गैरमदिराजन्य पेय, मदिराजन्य तथा सुर्तिजन्य र आवास तथा उपयोगिताका बस्तु बढी प्रयोग गरेको देखिएको छ । खाद्यान्न तथा पेय र आवासबाहेक सबै वस्तु तथा सेवा धनीहरुले बढी प्रयोग गर्नेगरेको अध्ययनको निष्कर्ष छ ।  राष्ट्र बैंकले पाँच समूह बनाई कुन समूहले कस्ता वस्तु तथा सेवामा कति खर्च गर्छन् भनेर अध्ययन गरेको छ ।

अध्ययनमा धनी बढेसँगै विलासी तथा खाद्यान्यवाहेक अत्यावशयक सेवामा पनि उनीहरुको खर्चको रकम बढेको देखाएको छ ।  जनस्वास्थ्यमा हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा पनि गरिबले नै बढी खर्चने गरेको पाइएको छ । सबैभन्दा गरिब २० प्रतिशतले मदिरा तथा सुर्तीमा २.१५ प्रतिशत खर्च गर्छन् भने माथिल्ला धनी २० प्रतिशतले ०.८६ मात्रै यसमा खर्च गर्ने गरेका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

]]>