काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडा भद्रकाली गा.वि.स., हात्तीगौंडास्थित “न्यु चिल्ड्रेन्स होम” का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । यस अन्तर्गत बैंकले उक्त चिल्ड्रेन्स होममा रहेका तीस जना वाल वालिकाहरुलाई लगाउने पोशाक तथा केही खाद्यान्नहरु सहयोग गरेको छ ।
देशका विभिन्न स्थानका गरीब तथा असहाय वालवालिकाहरुलाई उक्त चिल्ड्रेन्स होमले आश्रय दिईरहेको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक श्री सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
]]>
प्रतिक्रिया