देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिजेल र पेट्रोलको मूल्य बढ्यो, हवाई इन्धन र ग्याँस यथावत

देशान्तर

काठमाण्डौं । नेपाल आयल निगमले आज सोमवार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको छ । आज सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले १ डिसेम्बर २०१९ देखि नयाँ मूल्यमा तेल पठाएकाले मूल्य वृद्धि गरेको हो ।
’ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले आज मिति २०७६।०८।१६ को राती १२ स् ०० बजे देखी लागू हुने गरी नेपाल आयल निगम लिमिटेडबाट पेट्रोल र डिजलर मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रू. २.०० ले वृद्धि गरी नयाँ खुद्रा विक्री मूल्य कायम गरी समायोजन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

अब काठमाडौँमा पेट्रोलको मूल्य १ सय ९ प्रतिलिटर हुनेछ भने डिजल र मट्टीतेलको मूल्य ९७ प्रतिलिटर हुनेछ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।