देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इरानमा भएको भागदौडमा मृत्युहुनेको संख्या ५० पुग्यो

देशान्तर

तेहरान । गएको शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिमा मंगलबार भएको भागदौडका क्रममा मृत्युहुनेको संख्या ५० पुगेको छ । सो घटनामा अरु २०० भन्दा बढी घाइते भएका बताइएको छ ।

किर्मान शहरमा सुलेमानीको अन्त्येस्टिका क्रममा लाखौंको संख्यामा मानिसहरु जुटेका थिए सोहि क्रममा उक्त दुखद घटना भएको हो । भागदौड किन मच्चियो भन्ने कुरा खुलेको छैन ।

सुलेमानी किर्मान शहरकै बासिन्दा हुन् । उनको शव इराकबाट अहवाज, तेहरान र त्यहाँबाट किर्बान ल्याइएको थियो । त्यहीँ उनको अन्तिम संस्कार भएको हो ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेइपछिका दोस्रो शक्तिशाली व्यक्ति मानिन्थ्यो । सुलेमानी कुद्स फोर्स नामको एक सैन्य टुकडीका प्रमुख थिए ।