देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीद्धारा परीक्षा बहिष्कार

देशान्तर

शुल्क फिर्ताको माग लिएर आन्दोलित विभिन्न मेडिकल कलेजका चिकित्साशास्त्रका विद्यार्थीहरुले परीक्षा नै बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार गरेको जानकारी चिकित्सा शिक्षा संघर्ष समितिले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका मेडिकल कलेजमा बुधबारदेखि एमबीबीएससहित चिकित्सा शिक्षा पहिलो वर्षका विभिन्न विषयको परीक्षा शुरूभएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीले प्रवेशपत्रसमेत जलाएको समितिका प्रवक्ता अनित सिन्हाले जानकारी दिए ।
आज बिहीबार एमबीबीएसको परीक्षा हुँदै छ ।

सरकार र मेडिकल कलेज सञ्चालकबीच बढी लिएको शिक्षण शुल्क समायोजन गर्ने सहमति भएको छ तर कलेजहरूले सम्झौताअनुसार शुल्क फिर्ता गर्ने प्रक्रिया थालेका छैनन् ।

एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको मात्रै शुल्क फिर्ता गर्ने सहमतिमा विद्यार्थीले असन्तुष्टि जनाउँदै आएका छन् । विद्यार्थीले नर्सिङ, फार्मेसी, बीपीएच, पब्लिक हेल्थलगायत अतिरिक्त रकम लिएका सबै विषयको रकम फिर्ता हुनुपर्ने माग राखेर आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

माग पूरा नभएको र पढाइ पनि बिथोलिएका कारण विद्यार्थीहरू परीक्षा दिन तयार नभएको संघर्ष समितिका प्रवक्ता सिन्हाले जानकारि दिइन ।