देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यु–१९: नेपालले अफगानिस्तानसँग खेल्ने

देशान्तर

काठमाडौं । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अफगानिस्तानको यु–१९ राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने भएको छ ।

भारतको दिल्लीमा सोमबार हुने अभ्यास खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्ने भएको हो । यसअघि भारतको हिमाञ्चल प्रदेशमा भएको तीन अभ्यास खेलमा नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको थियो । नेपालले दोस्रो र तेस्रो खेल आफ्नो पक्षमा पारेको थियो भने पहिलो खेलमा पराजय भोगेको थियो ।

नेपालले हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनलाई दोस्रो खेलमा तीन र तेस्रोमा आठ विकेटले पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा भने नेपाल दुई विकेटले पराजित हुन पुगेको थियो ।

उक्त नेपाली राष्ट्रिय क्रिकेट टोली बङ्गलादेशमा आगामी माघ ८ गतेदेखि हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि प्रशिक्षण तथा अभ्यास खेल खेल्न भारत पुगेको हो । विश्वकपमा नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

]]>