देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचकमा २३.१९ अकंको गिरावट

देशान्तर

काठमाडौं– दशैं बिदाअघिको अन्तिम कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २३.१९ अंकले घटेको छ ।

शेयर कारोबार हुने कम्पनी र रकम दुवैमा गिरावट आएपछि नेप्से परिसूचक २६३९ अंकमा झरेको छ । सोमबार समूहिक लगानी कोष र लगानी सूचकबाहेक सबै परिसूचक घटे ।

दिनभर २१९ कम्पनीको सेयर दोस्रो बजारमा खरीद बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारदेखि ५ दिन दशैं बिदा कारण बजार बन्द हुनेछ ।