देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६१ अंकले घट्यो नेप्से, साढे ६ अर्बको सेयर कारोबार

देशान्तर

काठमाडौँ — अघिल्ला तीन कारोबार दिन उकालो लागेको नेप्से आइतबार ६१.२७ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो करिब २.१७ प्रतिशतले कम हो ।
आइतबार बजार खुलेदेखि नै नेप्से घट्न थालेको थियो । कारोबार अवधिभर नेप्से उतारचढावपूर्ण रह्यो । अन्त्यमा सवा ६१ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ५८.४८ विन्दुमा ओर्लेको छ ।

सो दिन कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो । आइतबार ६ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।