देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नित्यराज प्रज्ञाप्रतिष्ठान: एक चिनारी

देशान्तर

ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

गत पुस २० गते वृहस्पति शिक्षा सदन, बालमन्दिर छेउको भवनमा भव्यरूपमा नित्यराज प्रज्ञा पुरस्कार वितरण समारोह भयो । सो दिन यस प्रतिष्ठानको प्रथम वार्षिक कार्यक्रम थियो । प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं प्राज्ञ डा. विष्णुविभू घिमिरेले दीप प्रज्ज्वलनका साथै पुरस्कार वितरण गरेर यसको गरिमा बढाइदिनु भयो । राजधानीमा यस प्रतिष्ठानले पहिलोपल्ट विशिष्ठ कवि प्रह्लाद पोखरेललाई महाकवि देवकोटा पुरस्कार प्रदान गरियो । नेपाली कविता लेखनमा पोखरेलको विशिष्ठ योगदान छ । सार्‍है शिष्ठ र शालिन शब्द प्रयोग गर्ने पोखरेलका कवितामा शब्द चयन उच्चकोटिको मानिन्छ । कवितालाई श्रवणीय बनाउने सामथ्र्य राख्ने पोखरेलका दर्जनौं कृति प्रकाशित छन् । विशेष गरी नियात्रा काव्यमा उहाँ अद्वितीय कवि भनेमा अत्युक्ति हुने छैन ।

त्यसो त उहाँका अग्रज आशुकवि रमेश खकुरेल, महाकवि भुवनहरि सिग्देल (जस्लाई छन्दसम्राट् पनि भन्न थालिएको छ) र महाकवि ओमवीरसिंह बस्न्यात पनि छन्दकाव्यका शिखर पुरुष हुन् । छन्द र शब्दचयनलाई असाध्यै ध्यान दिने र ठीक ठाउँमा ठीक शब्द प्रयोग गर्न सक्ने यी अजम्बरी स्रष्टाहरू पनि हुन् । जसका प्रेरणाले आजका कवितामा विशेष गरी छन्दकवितामा सुधार आई व्याकरणलाई ठीक ढंगले प्रयोग गर्ने बानीले कवितामा सुधार आउन थालेको छ । त्यसमा पनि रमेश खकुरेलले त गजल विधालाई परिमार्जनतर्फ अघि बढाउने सर्‍हाहनीय काम गर्नुभएको छ । आशुकवि खकुरेलले नै पहिलोपल्ट २०५१ मा महाकवि देवकोटा विद्वत्वृत्तिको स्थापनामा प्रमुख भूमिका खेल्नुभएको थियो । वास्तवमा त्यो बेलासम्म देवकोटाका नाउँमा कतै मान सम्मानको गुञ्जायसै थिएन । त्यसबेला रमेश खकुरेल, बासुदेव लुइाटेल, कमलमणि दीक्षित र डा. अरुणा उप्रेतीले १२/१२ हजार जम्मा गरेर प्रति महिना २ हजारका दरले स्रष्टालाई दिने गरी कृष्णप्रसाद पराजुलीको जिम्मामा वितरण गर्न सुनकोसी साहित्य प्रतिष्ठानलाई अर्‍हाइयो । पहिलोपल्ट त्यो विद्वत्वृत्ति मलाई दिइएको थियो । तर पछि प्रतिष्ठानमा कम्युनिष्टहरूले कब्जा गरी पराजुलीलाई पनि धम्क्याएर अन्तै लगियो र कालान्तरमा बन्दै भयो । त्यो पुरस्कार मेरो महाकवि देवकोटा उपरको भक्तिको कारण स्थापना गरिएको थियो । तर मजस्तो गरिब कविलाई उभो उठ्न नदिने उनीहरूको नीतिले सुनकोसी साहित्य प्रतिष्ठान पनि लगभग बन्दै जस्तो भयो ।

त्यसपछि २०७०/७१ मा कवि रमेश खकुरेलले सांस्कृतिक संघमार्फत् २ लाखको अक्षय कोष खडा गरी महाकवि देवकोटा काव्यिक पुरस्कारको स्थापना गरिदिनु भयो । यसबाट कवि खकुरेलको महाकवि देवकोटाउपरको भक्ति असाध्य छ भन्ने प्रमाणित हुन्छ । मेरो धारणामा त नित्यराज प्रज्ञाप्रतिष्ठानको देवकोटा पुरस्कारको एक मात्र दाबेदार उहाँ नै हुनुपथ्र्यो । संस्थाभित्र सबैजसो मानिस हुने हुनाले प्रह्लादजी छानिनु भयो । तर पनि राम्रा र योग्य कवि छनोटमा पर्नुले यस प्रतिष्ठानको गरिमा बढेको ठानेको छु– मैले ।

दोस्रो नित्यराज ज्ञान विज्ञान पुरस्कार मातृभूमि सेवक संघ तथा हिन्दू विद्यापीठ, बालकुमारी, पाटनलाई दिइयो । यो संघ डा. विहारीलाल श्रेष्ठले २०४२ तिर स्थापना गर्नुभएको हो । पछि यसलाई चिन्तामणि योगी तथा प्राचार्य भरतमणि रिसालले निरन्तरता दिँदै आउनुभएको छ । यस संस्थाले एकातिर संस्कृत भाषाको महत्तालाई जीवित राख्न भरमग्दुर कोसिस गरेको छ भने अर्कातिर आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका दिन समर्पण विसका रूपमा मनाउँदै आएको छ । यो संघले नेपाली संस्कृतिको जगेर्ना गर्न तथा प्राच्यभाषा संस्कृतको गरिमालाई विस्तार गर्न डाँछी र दाङ्मा समेत हिन्दू विद्यापीठ खोलेर सुलभ तरिकाले अध्यापन गराइरहेको छ । कुनै बेला हामी यसका नियमित कार्यक्रममा जाने गथ्र्यौं, तर २०४९ पछि म धेरै वर्ष अस्वस्थ भई जान सकिनँ । प्रत्येक शनिबार चिन्तामणि योगीबाट गीता प्रवचन हुन्छ र प्रत्येक वर्ष पुस २७ मा समर्पण गरी समापन हुन्छ । वयं जाग्रयामि अर्थात् हामी जागौंको मूल मन्त्रसहित हाम्रो धर्म संस्कति र वैदिक परम्परालाई विस्तार गर्दैआएको यस संघलाई नित्यराज पुस्कार दिएर प्रतिष्ठानले उच्च मूल्यांकन गरेको प्रतीत हुन्छ ।

त्यस्तै सिद्धिराज–विद्याकुमारी तथा देवकुमारी शिक्षा पुरस्कार परोपकार उच्च मा.वि. तथा परोपकार अनाथालयलाई प्रदान गरियो । परोपकार आदर्श मा.वि. २००८ मा स्थापित काठमाडौंको पुरानो र प्रसिद्ध मा.वि. हो । २००४ मा समाजसेवी दयावीरसिंह कंसाकारले रक्तदान महादानबाट शुरु गरेर परोपकारको संस्कार बसालिएको थियो । पछि यसलाई उहाँका सुपुत्र हितकरवीरसिंह कंसाकारले निरन्तरता दिनुभयो । यस संस्थाले परोपकार इन्द्रराज्य प्रसूतिगृह, परोपकार क्लिनिक, परोपकार हाईस्कूल, उच्च मा.वि. अनाथालयजस्ता आधा दर्जन संस्थामार्फत् नेपाल र नेपालीको सेवा गरिरहेको छ । हाल यसले पनि क्याम्पस सञ्चालन गरेको छ, जसमा प्राचार्य शकुन्तला शाक्यको पनि ठूलो भूमिका छ । यस स्कूलबाट इञ्जिनीयर, पाइलट, डाक्टर, वकिल आदि बनेका छन् । यसरी नेपालको शिक्षाक्षेत्र र सामाजिक सेवामा परोपकार अग्रणी त छदैछ, २००७ को क्रान्तिमा समेत यसको अग्रगण्य भूमिका छ । यसरी लामो इतिहास बोकेको संस्थालाई पुरस्कार दिएर प्रतिष्ठानले आफ्नो गरिमा बढाएको महसूस गरेको छु– मैले । यी तीनैथरि व्यक्ति वा संस्थालाई म नमन गर्दै हादिक बधाइ पनि दिन्छु ।

धेरैलाई नित्यराज पाण्डेबारे थाहा नहुन पनि सक्छ । तर जसले विश्वविद्यालयमा पढेका छन् वा नेपाली साहित्यबारे पढे लेखेका छन् तिनलाई नित्यराज पाण्डे राम्रै थाहा छ । किन कि २०१६ भाद्र २९ मा महाकवि लक्ष्मीप्रसाद देवकोटा दिवंगत भएपछि पाण्डेले त्यही वर्ष लेखेको महाकवि देवकोटा नामक कृतिको पाण्डुलिपिलाई मदन पुरस्कार दिइयो । वि.सं. १९८८ पुस २० गते काठमाडौंको भगवतीवहाल निवासी सुप्रसिद्ध पण्डित इन्द्रराज पाण्डेका पनाति, नन्दराज पाण्डे तथा नारायणी पाण्डे नाति एवं सिद्धिराज पाण्डे र विद्याकुमारी पाण्डेका कान्छा सुपुत्रका रूपमा नित्यराज पाण्डेको जन्म भएको थियो । पिताका दुई पत्नीमध्ये जेठी लोककुमारीपट्टिका एकराज पाण्डे र आफ्नी आमा विद्याकुमारीपट्टिका लेखराज पाण्डेपछि नित्यराज पाण्डेको जन्म भएको हो । जेठी आमापट्टि ३ छोरीहरू र कान्छी आमाबाट २ छोरीहरू जन्मेका थिए । बाजे नन्दराज बाग्लुङ् तामाखानीका सुब्बासम्म भएका र पछि भागलपुरमा मौजा लिएका थिए । बसाइका क्रममा पछि काठमाडौं आइ नक्साल भगवतीबहालमा घर, जमीन किनी बसेकाले पाण्डेको त्यहीं जन्म भएको हो ।

वि.सं १९९३ मा पं. गणेशप्रसाद खनालबाट अक्षरराम्भ गर्नुभएका पाण्डेलाई १९९५ मा आफ्नै पिताले गायत्रीदान गर्नुभएको थियो । वि.सं. २००८ मा लोचननिधि तिवारीकी सुपुत्री डेबकुमारीसित उहाँको विवाह पनि भयो । २०४९ मा उहाँको देहावसान भएपछि मीना (तेजकुमारी) सित दोस्रो विवाह गर्नुभयो । नेपालीमा एम.ए. गर्नुभएका पाण्डेले ३२ वर्ष निजामती कर्मचारी तथा ८ वर्ष शिक्षा सेवा गरी ४० वर्ष सरकारी सेवा गर्नुभएको बुझिन्छ । शहीद धर्मभक्त माथेमालाई झुण्ड्याइएको देखेपछि राणा शासनप्रति विमत पलायो र मानवीय स्वतन्त्रताप्रति आस्था जागेर आयो । त्यसपछि फाटफुट कविता लेखनी पनि शुरु भयो । विशेष गरी ०९७ को शहीद पर्वपछि पाण्डेमा देशभक्तिको भावना जागृत भयो । वि.सं. २०१० चैत्र २० गते गोरखापत्रमा लुम्बिनी बगैंचा शीर्षकमा कविता छापिएपछि चर्चामा आउनु भयो । वि.सं. २०१३ मा बौद्ध दिग्दर्शन ग्रन्थ पनि प्रकाशित भयो । त्यस्तै महाकवि देवकोटा २०१७ मा प्रकाशित ग्रन्थ महाकवि देवकोटाको जीवनीमा आधारित भएकाले सर्वाधिक चर्चित भयो । पछि उहाँले नित्य प्रकाश, केदार कल्प, क्वाँटी कविता संग्रहलगायत १ दर्जन कृति प्रकाशित गरिसक्नु भएको छ । महाकवि देवकोटाबाट बढी प्रभावित भएर नै गत वर्ष उहाँले आफ्नो ८४ वर्ष पार गरेको उपलक्ष्यमा यी पुरस्कारहरूको घोषणा गर्नुभएको हो ।

एक मात्र सन्तान सुनिता पाण्डेका पिता नित्यराज पाण्डेले नित्यराज प्रज्ञा पुरस्कारका लागि रु. ९ लाख ५ हजारको अक्षयकोषको पनि स्थापना गर्नुभएको छ । यस प्रतिष्ठानमा नारायणराज पाण्डे अध्यक्ष, रत्ननिधि रेग्मी शुक्राचार्य सचिव, कमलराज पाण्डे कोषाध्यक्ष, प्राज्ञ दिनेशराज पन्त, डा. देवेन्द्रराज मिश्र, पत्रकार मधुसूदन पाण्डे, सुनीता पाडे, मीना पाण्डे र पत्रकार श्याम रिमाल प्रतिष्ठानका सदस्यहरूमा रहेका छन् । गत वैशाख १२ को महाभूकम्प गएपछि पाण्डेले प्रधानमन्त्री दैवी कोषमा रु. ५१ ह्जार प्रतिष्ठानका तर्फबाट प्रदान पनि गर्नुभएको छ । करिब ४० वर्षको सरकारी सेवामा कहिल्यै लक्कन छप्पन नगरी इमान्दार भएवापत् उपसचिवबाट बढुवासम्म नगराइएका पाण्डे निजामती इतिहासमा पनि नैतिकवान् वा निष्ठावान् कर्मचारीका रूपमा चिनिनु हुन्छ । साद्गी जीवन, सात्विक भोजन र सरल हृदयका धनी नित्यराज पाण्डे नेपाली वाङ्मयका पनि विशिष्ठ साधक हुनुहुन्छ । म उहााको दीर्घायु एवं सुस्वास्थ्यको चिरकामनासाथ यसपल्टलाई यत्ति नै ।

 

]]>