देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा ४०.२६ अंकको गिरावट, ५ अर्ब ३५ करोडको कारोबार

देशान्तर

काठमाडौँ – साताको कारोबारको चौथो दिन नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से ४०.२६ अंकले घटेको छ । आज नेप्से २८८९.०३ विन्दुमा पुगेको छ ।

आज नेप्से सेन्सेटिभ इण्डेक्स ७.१६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.९२ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.६१ अंकले घटेको छ । आज २२२ कम्पनीको ५ अर्ब ३५ करोड ८ लाख ९७ हजार २५१ कारोबार भएको छ भने आज १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार सबै उपसूचकमा गिरावट आएको छ भने सबैभन्दा बढी फाइनान्सको शेयर २.९८ प्रतिशतले घटेको छ ।त्यस्तै होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, निर्जीव वीमाको शेयर २ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यसैगरी बुधबार मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा ८.२३ प्रतिशतले बढेको छ त्यस्तै राष्ट्रिय बीमा कम्पनिको प्रमोटर शेयर मुल्य सबै भन्दा बढी ७.३० प्रतिशतले घटेको छ । त्यस्तै बुधबार अरुण भ्याली हाइड्रोपावरको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सानिमा लाइफको शेयरको १७ करोडको कारोबार भएको छ ।