काठमाडौं– कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले नयाँ उचाइ चुमेको छ।
आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक तीन हजार एक सय ७९ को विन्दुमा उक्लिएको छ। यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च विन्दुमा हो। योसँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान पनि तोडिएको छ।
बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढेर पाँच सय ९१.१६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम पनि साढे १७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये सात वटामा हरियाली छाएको छ। भने ६ वटामा रातो पोतिएको छ। आज विकास बैंक समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ।
उत्पादन तथा प्रशोधन समूह १.४८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा १.४७ प्रतिशतले वृद्धि भएको छ।
आज व्यापार समूह सर्वाधिक १.५१ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १ प्रतिशतले घटेको आज जलविद्युत समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत, अन्य समूहमा ०.४३ प्रतिशत र लघुवित्त समूहमा ०.१ प्रतिशतले गिरावट आएको छ।
प्रतिक्रिया