देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपप्रधानमन्त्रीको दलले संघीयताविरुद्ध आन्दोलन

देशान्तर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धन सरकारमा उपप्रधान तथा गरिवि निवारण र सहकारी मन्त्री छन् । जुन संविधानलाई टेकेर उनी मन्त्री बनेका छन्, उनको दलले भने त्यही संविधानमा व्यवस्था भएको संघीयताविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

गठबन्धन सरकारको साझेदार दल राष्ट्रिय जनमोर्चाले नयाँ संविधानले अंगिकार गरेको संघीय राज्य प्रणाली खारेजीको माग गर्दै देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

राजमोले संघीयताबाहेकका संविधानका अन्य व्यवस्थाको कार्यान्वयनमा सक्रिय हुने निर्णय गरेको छ । मोर्चाको बुटवलमा आइतबार सम्पन्न तिनदिने तेस्रो सम्मेलनले यस्तो निर्णय गरेको हो ।  अन्नपूर्णमा समाचार छ ।

]]>