देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गत आर्थिक बर्षमा बीमा शुल्क २८ प्रतिशतले बढ्यो

देशान्तर

काठमाडौ – गत आर्थिक बर्षमा कुल बीमा शुल्क बढेको छ । बीमा समितीका अनुसार यही साउन एक गते शुक्रबार सबै जीवन बीमा कम्पनी र निर्जिवन बीमा कम्पनीहरुमा स्थलगत अनुगमन हुंदा प्राप्त भएको तथ्यांकबाट गत आर्थिक बर्षमा कुल बीमा शुल्कमा बृद्धि भएको देखिएको हो ।

गत आर्थिक बर्षमा २०७७-०७८ मा जीवन बीमा कम्पनीहरुबाट कुल एक खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जिवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कुुल एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैंयााँ बीमा शुल्क संकलन भएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७६-०७७ को तुलनामा आर्थिक बर्ष २०७७-०७८ मा जीवन बीमा तर्फको कुुल बीमा शुल्कमा २८ दसमलव ७१ प्रतिसत र निर्जिवन बीमा तर्फको कुुल बीमा शुल्कमा १५ दसमलव ३५ प्रतिसतले बृद्धि भएको छ ।

यसैगरी गत आर्थिक बर्षमा जीवन बीमातर्फ १५ हजार नौ सय ६४ वटा बीमालेखको जम्मा दुई अर्ब २५ करोड दुई लाख र निर्जिवन बीमा तर्फ ८६ हजार चार सय ४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको देखिएको छ ।

यस्तै गत आर्थिक बर्षमा जीवन बीमातर्फ नौ अर्ब ८८ करोड १४ लाख ६३ हजार तीन सय ३१ वटा बीमालेखहरु व्यतित भएकाछन ।