सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम १२ अर्ब नजिक
काठमाडौं – हालसम्मकै उच्च बिन्दूको रेकर्डसँगै नेप्से परिसूचक १३.९७ अकंले बढेर सोमबारको सेयर कारोबार बन्द भएको छ । आज बजार खुल्ने बित्तिकै ५० अकंले बढेर नेप्से परिसूचकले हालसम्कै उच्च बिन्दू तीन हजार ३२। अंकको नयाँ रेकर्ड बनाएको थियो ।
एक घण्टापछि नै झण्डै ४० अकंले ओरोलो लागेको बजारमा दिनभर नै तीव्र उतार चढाब रहृयो । सोमबार २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ भन्दा धेरै रहृयो ।आज कारोबारमा आएका बजारका १३ उपसमूहमध्ये आठ वटा उपसमूहमा हरियाली छायो भने पाँच उपसमूह घटेर राताम्मे भयो । आज व्यापार उपसमूह सबै भन्दा धेरै ५.२२ प्रतिशतले बढेको थियो ।
दोस्रो बजारमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो भने विशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स, नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीसहित ६ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत भन्दा धेरैले बढेको थियो ।
आज १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट र १०.५ प्रतिशत सनराइज बैंक डिबेन्चरको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको थियो । सोमबार एनआईसी एशिया बैंकको सबैभन्दा धेरै ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
दोस्रो धेरै कारोबार नबिल बैंक ३३ करोड १८ लाख र तेस्रोमा ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार नेपाल बंगलादेश विकास बैंकको रह्यो ।
प्रतिक्रिया